न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो काेभिड–१० (काेराेना भाइरस) काे ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ । उहाँले नियमित पत्रकार सम्मेलनमा आज आइतवार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ ।
‘मेरो बिहे अगाडि बढ्ने छैन’, उहाँले पत्रकारहरूलाई भन्नुभयो । प्रधानमन्त्री अर्डर्नले यस्तै अवस्थामा परेकाहरूसँग माफी मागर्नुभएकाे छ ।
बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न ...