पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

 १५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा...

सम्बन्धित सामग्री

एशियन हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा पुस २७ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुनेछ। सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायत प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

लाभांश प्रस्ताव सहित मन्दाकिनी हाइड्रोपावरले बोलायो पुस २९ मा साधारण सभा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो । साधारण  सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमव २५ प्रतिशतका नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १९ गतेसम्म नेप्स्ेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।

दोहोरो अंकले बढ्यो बजार, हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक १६ दशलमव २४ अंक बढेर १ हजार ९८५ दशमलव ४३ विन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन रू. ८७ करोड बराबरको शेयर कारोबार भएकोमा आज १ अर्बभन्दा बढीको कारोबार भएको हो । बजार निकै घटेका कारण अधिकांश कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । यी कारणले गर्दा बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । केही नीतिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने उनीहरूको भनाइ छ ।  मंगलवार कारोबारमा आएका २७२ धितोपत्रको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटकमा ५० हजार २९६ पटकमा रू. १ अर्ब १७ करोड बराबरको शेयर कारोबार भएको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये शुभम पावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ९७५ दशमलव ८० पुगेको हो । त्यस्तै थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ४०८ दशमलव ५० पुगेको हो ।  मंगलवार सबैभन्दा बढी इमर्जिङ नेपालका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७० मा झरेको छ । त्यस्तै आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य ५ दशमलव ६४ प्रतिशत घटेर रू. ७ दशमलव ७० कायम भएको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १० करोड ६४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८५ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ओरियण्टल होटल्स छ । कम्पनीको रू. ४ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड पर्यटन समूहको परिसूचक शून्य दशमलव ०९ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । मंगलवार लगानीकर्ताको आकर्षण हाइड्रोपावर समूहको शेयरमा परेको छ । सोही कारण उक्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।

अपर तामाकोशीले भदौ ६ गते बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले भदौ ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । असार २८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । हालसम्म नोक्सानीमै रहेको यस कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरिसकेको कम्पनीले साउन २६ गते हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गर्ने मिति तय गरिसकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।  १५औं वार्षिक साधारण सभामार्फत कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरूलाई उपलब्ध गराएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने कार्यक्रमसमेत तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

कुथेली बुखरी हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन तथा लाभांश प्रस्ताव

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गते सभा आह्वान गरेको हो ।सभामा लाभांश पारित गर्ने, आईपिओ निष्काशन गर्ने, वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । यस कम्पनीले ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ सेप्टेम्बर देखि विद्युत उत्पादन गरिरहेको छ ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव : (१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदनको प्रस्तति र सोको अनमोदन गर्ने सम्बन्धमा । (२) लेखापरीक्षण प्रतिवेदन र आ.व. २०७४।०७९ को वार्षिक आर्थिक विवरण अन्तर्गत २०७९ साल आषाढ मसान्तसम्मको वासलात, २०७८ साल श्रावण १ गतेदेखि २०७९ साल आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरुलाई छलफल गरी अनुमोदन गर्ने सम्बन्धमा । (३) आ.व.२०७९/०८०  को लेखापरीक्षण गर्न लेखापरीक्षक नियक्त गरी  निजको पारीश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (४) संचालकज्यूहरुको बैठक भत्ता तोक्ने सम्बन्धमा ।बिशेष प्रस्ताब : (१) संचालक समितिको राजीनामा स्विकृती तथा संचालक नियुक्ती सम्बन्धमा। (२) नियमावली संसोधन गर्ने सम्बन्धमा । (३) आ.व. २०७८/०७९ को खुद मुनाफा सहितको संचितीवाट आफ्ना शेयर धनिहरुलाई संचालक समितीको प्रस्ताव बमोजिम ८.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) स्वीकत गर्ने।   (४) शेयरको सार्वजनिक निष्काशन बाट प्राप्त पुंजीको उपयोग सम्बन्धमा ।

१०.५३% नगद लाभांश प्रस्ताव सहित सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा

वैशाख २०, काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सिक्लेस हाइड्रोपावर लिमिटेडले जेठ १३ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको वैशाख १९ गतेको सञ्चालक समितिको बैठकले आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।  यस वर्ष कम्पनीले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सो प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउनेछ ।  कम्पनीले सर्वसाधारणमा रू. २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीको आईपीओ स्वीकृति प्रकृया समीक्षा र टिप्पणी पठाइ सकिएको अवस्थामा रहेको छ । यो अवस्था बोर्डले स्वीकृति दिने प्रकृयाको अन्तिम चरणमा रहेको बुझिन्छ ।

नेपाल दूरसञ्चार कम्पनीसहित ५ ओटा कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

फागुन १०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र आइसीएफसी फाइनान्सको सर्वाधिक शेयर खरीदविक्री भएको हो । यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीले हालसम्ममा गत वर्षको लाभांश घोषणा गरेको छैन । सोही लाभांश घोषणाको अपेक्षाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ । त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

तीन ओटा कम्पनीको साधारण सभा स्थगित, कारण के त ?

माघ १४, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा स्थगित भएको छ ।  जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित भएको हो । जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गते गर्ने भनेको साधारण सभा शेयरधनीको उपस्थितिको गणापुरक संख्या नपुगेका कारण स्थगित भएको जानकारी गराएको हो । कोरोना भाइरस सक्रमणलाई ध्यान राखी स्थगित साधारण सभा हुने मिति र स्थान समय तोकी पुनः सूचना जारी गर्ने जानकारी दिएको छ ।  त्यसैगरी, प्रोग्रेशिभ फाइनान्स कम्पनीले पुस ३० गतेका लागि तय गरेको गरेको २५औं वार्षिक साधारण सभा बढ्दो कोभिड-१९ को महामारी र साधारण सभा प्रयोजनको लागि स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछि खुद नाफा परिवर्तन हुने सक्ने अवस्था सृजना भएका कारणले गर्दा साधारण सभा अर्को सूचना नभए सम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।  सोही कारण कम्पनीले लाभांश दर परिमार्जन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो ।  कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृित पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी, महालक्ष्मी विकास बैंकले दुई पटक साधारण सभा स्थगित गरेको हो । कम्पनीले पुस २५ गते आयोजना गरेको साधारण सभामा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो भने पुनः माघ ३ गते गर्ने भनिएको साधारण सभा पनि स्थगित भएको छ ।  कम्पनीको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।  उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागि नै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी बैंकले दिएको छ । अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी कम्पनीले दिएको छ । यस वर्ष कम्पनीले २० औं सभामार्फत संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो ।  साथै कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।

१३ ओटा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी ङादी ग्रुप पावरको

पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  १३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।  जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।  त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस