हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी नहुनेबारे कुनै संस्थागत निर्णय नभएको माओवादीका प्रदेश सांसदहरूले बताएका छन्। मुख्यमन्त्री आलोपालो नभए प्रदेश १ सरकारमा नजाने भनेर दलका नेता इन्द्र आङ्बो ‘मौसम’ ले व्यक्तिगत बार्गेनिङमात्र गरेको ती सांसदहरूको भनाइ छ ।