काठमाडौं। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ। कार्यविभाजन गर्दा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाइ कुनै जिम्मेवारी तोकिएको छैन। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इन्चार्ज तोकिएको छ। संगठन विभाग प्रमुखमा विष्णु पौडेल र रामबहादुर थापा बादल बागमती प्रदेश इन्जार्च तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुख तोकिएको छ।