ओली बालकोट फर्किँदै गर्दा कार्यकर्ताद्वारा माधव नेपालविरुद्ध चर्को नाराबाजी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर बालकोटस्थित निवास फर्किंदै गर्दा कार्यकर्ताले एमाले वरिष्ठ नेता माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका छन् । एमालेको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेता नेपाल रहेको भन्दै र्‍यालीका सहभागीहरूले माधव नेपालविरुद्ध चर्को नाराबाजी गरेका हुन् । एमाले कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध पनि नाराबाजी गरेका छन् । अबिरल वर्षाका बावजुद एमाले भातृ संगठन युवा संघले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल र्‍याल...

सम्बन्धित सामग्री

केपीका सन्तानले संसदको रोष्टम घेरे : सांसद मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका सांसद  मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् ।  बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत आलोचना गरेमा हुन् ।उनले लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा  मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर

बालकोट पुगेर ओलीले भने– माधव नेपालको हकमा अब गल्ती स्वीकार्ने ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य नेताको हकमा गल्ती कमजोरी स्वीकारेर एमालेमा आउने छूट भएपनि माधव नेपालको हकमा गल्ती स्वीकार्ने ठाउँ नभएको बताएका छन् ।  बुधवार सरकारी निवास छाडेर भक्तपुरको बालकोटस्थित निवासमा प्रवेश गरेपछि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई ‘लाज शरम हराएको व्यक्ति’ भनेर आरोप लगाए । ओलीले त्यसो भन्दा कार्यकर्ताले नेता नेपालविरुद्ध चर्को नाराबाजी गरेका थिए । ‘हाम्रै पार्टीभित्र घुसपैठ भयो । पार्टी, लोकतन्त्र र आफ्नै सरकार ढाल्ने काम भयो । माधव नेपाल ...

शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ, तस्बिरमा हेर्नुहाेस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।ओलीले हिजो देशवासीको नाममा सम्ब

सरकारीनिवास बालुवाटार छाडेर बालकोट लागे ओली

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीनिवास बालुवाटार छाडेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन्। बालुवाटारबाट बालकोट जानेक्रममा पानी झरी नभनी एमालेका नेता कार्यकर्ता तथा समर्थकहरूले ओलीको समर्थनमा नाराबाजी गर्दै स्कर्टिङसमेत गरेका थिए।देउवालाई संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीले