कमल पोखरीको बीचमा कंक्रिटको फूल ठड्याउने प्रयास, विरोधमा स्थानीयले आफ्नै अनुहारमा पोते पोखरीको माटो

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई सुकाएर 'ब्युटिफिकेशन' को नाममा कंक्रिट प्रयोग गरिएपछि स्थानीय र अभियन्ता आन्दोलित भएका छन्। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको 'ड्रिम प्रोजेक्ट' का रुपमा रहेको कमल पोखरीको पुनर्निर्माणका लागि गुरुयोजना नै बनाएर पोखरी सुकाइएको छ। त्यसैले, रानीपोखरीबाट पाठ सिक्न नसकेको र कमल पोखरीको दोहन रोक्न नसकेकोमा लज्जा…

सम्बन्धित सामग्री

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।...

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।...

माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल नेपालमा

काठमाडौं । माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल पहिलोपटक नेपालमा प्रयोगमा ल्याइएको छ । जापानमा उत्पादन भई कृषि विज्ञहरूको समूह जापान एग्रिकल्चरल स्ट्यान्डर्डमार्फत अग्र्यानिक प्रमाणित झोल मल नेपाली किसानले प्रयोगमा ल्याएका हुन् । जापानको क्लिवियो कम्पनीको यो उत्पादन स्वीट्जरल्यान्ड, चीन, बंगलादेश, थाइल्यान्ड, लाओसलगायत मुलुकले समेत प्रयोग गर्दै आएका छन् । नेपालमा पहिलोपटक यो मल ककनीका स्ट्रबेरी उत्पादन गर्ने कृषकले प्रयोगमा ल्याएका हुन् । शतप्रतिशत अग्र्यानिक प्रविधिबाट उत्पादित झोल मलको प्रयोगले बालीनाली बिरुवा अवस्थादेखिनै स्वस्थ हुनुका साथै रोग तथा कीरासँग लड्न सक्ने क्षमता वृद्धि हुने बताइएको छ ।  मल नियमित प्रयोग गर्दा यसले माटोमा भएका लाभदायक जीवाणुलाई सक्रिय बनाई माटो खुकुलो बनाउने र माटोमा भएको खाद्य तत्त्व बिरुवालाई जराबाट लिन सहज बनाउने बताइएको छ । त्यस्तै यसले माटोलाई स्वस्थ राखी उर्वराशक्ति बढाउने कृषि प्राविधिक शिव पोख्रेलले जानकारी दिए । यो मल आवर फाम्र्स नेपालले आयात गरेको हो । पोख्रेलका अनुसार जापानबाट आवश्यक कच्चा पदार्थ ल्याएर नेपालमै मल उत्पादन गर्ने काम पनि भइरहेको छ । त्यसका लागि ककनी गाउँपालिकाबाट स्वीकृति लिएर यसै वर्षदेखि काम भइरहेको उनले जानकारी दिए । ‘सबै किसिमको बालीमा प्रयोग गर्न सकिने झोल आफैमा मल होइन तर यसले फर्टिलाइजरलाई सपोर्ट गरेर माटो सुधारमा काम गर्छ,’ उनले भने । कम्पोस्ट मललाई गुणस्तरीय बनाउनमा पनि यसले सहयोग गर्ने उनले बताए । झोल मल कम्पोस्ट बनाउँदा कम्पोस्टमा मिसाउनुपर्छ । कम्पोस्टमा मिसाउँदा यो झोलमा पानी नमिसाईकन एक किलो कम्पोस्टमा एक मिलिलिटरका दरले झोल स्प्रे गर्नुपर्छ । यो मल प्रत्येकपटक कम्पोस्ट मल पल्टाउँदा तह तहमा छर्नुपर्ने पनि उनले जानकारी दिए ।  झोल मल कसरी प्रयोग गर्ने ? झोल मल कम्पोस्ट मलमा नमिसाई सीधै माटोमा पनि मिसाउन सकिन्छ । माटोमा सीधै मिसाउँदा बारी खनजोत गर्नुअघि झोल मल एक लिटर पानीमा १० मिलिलिटरका दरले मिसाई बारीमा सबैतिर पर्नेगरी स्प्रे गरेर मात्र खनजोत गर्नुपर्छ ।  बारी खनजोत गरेर ड्याङ बनाइसकेपछि एक लिटर पानीमा झोल मल १० मिलिलिटरका दरले मिसाई मल्चिङ गर्नुपर्छ । बिरुवा रोपिसकेपछि र बिरुवामा फूल फुलिसकेपछि पनि सोही तरीकाले स्प्रे गर्नुपर्छ ।

जिरेनियम फूललाई कसरी स्याहार गर्ने ?

जिरेनियम फूल स्याहार गर्न र हुर्काउन सजिलो छ । घाम लाग्ने ठाउँमा रोप्न सकिने यो फूल वसन्तदेखि शरद् ऋतुसम्म ढकमक्क फुलाउन सकिन्छ । धेरै घरमा अहिले जिरेनियम फूल सजाएको देखिन्छ । यो फूल कसरी रोप्ने र कसरी सजाउने भन्ने विषयमा यहाँ केही चर्चा गरिन्छ । जिरेनियम फूलको लागि बलौटे माटो एकदम राम्रो हुन्छ । फूल […]

फूल आयातको अत्याश

नेपाललाई जसरी आत्मनिर्भर बनाउनुपर्छ भन्ने चर्चा हुनेगर्छ, व्यवहारमा त्यसको ठीक उल्टो परनिर्भर बन्ने क्रम जारी रहेको छ । हुँदाहुँदा केही वर्ष अघिसम्म करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलमा समेत पछिल्लो समयमा आयात बढ्न थालेको छ । फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूलखेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ । सानो आकारको भए पनि फूल आयातको आँकडा हेर्दा यसले नेपालको निर्यात किन कमजोर भइरहेको छ भन्ने कुरालाई देखाइदिएको छ । आव २०७३/७४ मा रू. ११ करोड ३६ लाखको फूल आयात भएको थियो भने रू. ३ करोड ६५ लाख बराबरको फूल निर्यात भएको थियो । चालू आवको ८ महीनामा नै झन्डै १८ करोडको फूल आयात भएको छ । निर्यात भने ३३ लाख ७८ हजारमा खुम्चिएको छ । फूल अत्यावश्यक वस्तु होइन । त्यसमा पनि नेपालमै प्रशस्त फूलखेती हुन्छ । आफूलाई आवश्यक पर्ने फूल प्रायः सबैजसोले आफ्नो घरआँगनमा फुलाउने गर्छन् । तिहारमा ठूलो परिमाणमा फूल आयात हुन्छ । त्यही बेलाका लागि नेपाली फूल पनि प्रशस्त उत्पादन हुन्छन् । तर पनि फूल आयातको परिमाण अत्याश लाग्दो देखिन्छ । फूल आयातका लागि विदेशिने रकम सानो परिमाणको देखिन्छ । तर, यस्ता थुप्रै साना साना आकारका वस्तुहरूको आयात बढेर नै व्यापारघाटा डर लाग्दो बनेको हो भन्ने बिर्सनु हुँदैन । नेपालमा फूलखेती गरेर विदेश निर्यात गर्न सकिन्छ । गुलाफको खेती गरेर भ्यालेन्टाइन डेका लागि निर्यात गर्न शुरू गरिएको थियो तर अहिले त्यस दिनका लागि मात्रै पनि ठूलो परिमाणमा गुलाफको आयात हुन्छ । फूल निर्यात गर्न रेफ्रिजरेशनको समस्या हुन्छ । साथै विदेशमा चाहिने फूलको गुणस्तरअनुसार नेपालमा उत्पादन गर्न कठिन पनि देखिएको छ । निर्यात बढाउन समस्या होला तर आयात घटाउन खासै समस्या नहुनु पर्ने हो । नेपालमा व्यावसायिक फूलखेती शुरू भएको २५ वर्ष पुगिसकेको बताइन्छ । यस अवधिमा झन्डै चार दर्जन जिल्लामा व्यावसायिक पुष्प खेती विस्तार भएको छ । करीब ३ हजार रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएको आकलन छ । तर, कोरोना महामारीका कारण १० प्रतिशत व्यवसायीले यो पेशा छाडेको अनुमान छ । यी तथ्यांक हेर्दा नेपालमा पुष्पखेतीको सम्भावना निकै भए पनि यसलाई व्यावसायिक बनाउन सकिएको छैन । नेपाली माटो र हावापानी फूलखेतीका लागि उपयुक्त छ । यसका लागि ठूलो लगानी पनि आवश्यक छैन । नेपालमा खेती गरिएको फूल विशेष प्रकृतिको नभएर मानिसहरूले दैनिक पूजाआजामा प्रयोग गर्ने खालको छ । त्यसैअनुसार फूल खेती र आपूर्ति भइरहेको छ । विशेष प्रयोजन र पर्वलाई लक्षित गरी फूलखेती खासै गरिएको छैन भन्दा हुन्छ । आन्तरिक खपतका लागि मात्रै खेती भइरहेको छ । निर्यातका लागि फूलखेती गर्न बैंकले दिने ऋण रकम निकै अपुग देखिन्छ । एक त यसका लागि जग्गा चाहिन्छ जुन अहिले घडेरीमा टुक्रिइसकेको छ । अर्को, जग्गाको मूल्यमा आएको ठूलो वृद्धिले पुष्पखेती गर्न निकै सकस भइरहेको देखिन्छ । फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूल खेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ । फूलबाट बन्न सक्ने विभिन्न वस्तुको उत्पादन गरेर पनि आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा फूललगायत कृषि खेतीको विकास र विस्तार गर्न भन्दै संघदेखि स्थानीय तहले सम्म काम गरेको देखिन्छ । यसका लागि तीनै तहका सरकारले कृषि प्राविधिक पनि भर्ना गर्ने गरेका छन् । तर, बढ्दो आयातको आँकडा हेर्दा तीन तहका सरकारले गरिरहेको कामप्रति नै प्रश्न उठेको छ । सरकारले काम गरिरहेको बताइरहने तर निर्यातमा सुधार नहुने हो भने अब काम गर्ने शैलीमै सोच्नुपर्ने देखिन्छ ।

निर्देशक रेशराज आचार्यको निधन

काठमाडौं : नेपाली फिल्म निर्देशक रेशराज आचार्यको ६४ वर्षको उमेरमा निधन भएको छ। 'माटो बोल्छ', 'बन्धन', 'आमा', 'मन मुटु र माया', 'धर्मसंकट' लगायतका फिल्म निर्देशन गरेका आचार्यको बुधबार राति निधन भएको हो। तीन दशकअघि 'तिलहरी'बाट निर्देशकको रूपमा डेब्यु गरेका उनले धेरै फिल्ममा सहायक निर्देशकको रूपमा पनि काम गरेका छन्। उनको पछिल्लो फिल्म दश वर्षअघि प्रदर्शनमा आएको 'प्रीतिको फूल' हो। काठमाडौंमै बस्दै आएका आचार्यका श्रीमती

यसरी गर्नुस् गोदावरी फूल खेती

काठमाडौं । डच फ्लाबर अक्सनमा गुलाबपछि दोस्रो स्थानमा पर्ने गोदावरी फूलको बजार नेपालमा पनि फस्टाउँदो छ । माटो वा प्लास्टिकको गमलामा गोदावरी फूल लगाई घर सजाउने कार्य विगतदेखि चलिआए पनि पछिल्लो समय यसको व्यावसायिक खेती गर्नेहरू बढेका छन् । विभिन्न रंग तथा अकार/प्रकारमा उपलब्ध हुने भएकाले यो फूलमा उपभोक्ताको रुचि बढ्दै गएको छ । यसको खेतीका लागि अन्य समय दिउँसोको तापक्रम २२ डिग्री सेल्सियस, रातिको तापक्रम १६ डिग्री सेल्सियस र फूलमा कोपिला लाग्ने समय २४ देखि २७ डिग्री सेल्सियस कायम राख्न सके गुणस्तरीय उत्पादन लिन सकिन्छ । यदि ग्रीन हाउसभित्र खेती गर्दै हुनुहुन्छ भने १६ देखि २५ डिग्री सेल्सियस तापक्रम, सापेक्षिक आद्रता ७० देखि ८ सय ५५, कार्बनडाइअक्साइडको मात्रा ६ सयदेखि ९ सय पीपीएम कायम राख्न सके राम्रो हुन्छ । प्रशस्त मात्रामा प्रांगारिक भएको माटोमा यसको उत्पादन राम्रो हुने पुष्पविज्ञहरू बताउँछन् । वरिष्ठ बागबानी विकास अधिकृतद्वय अनिलकुमार आचार्य र डा उमेद पुनका अनुसार माटोको पीएचको मात्रा ६ दशमलव ५ कायम राख्नुपर्दछ । सामान्यतया प्रतिवर्गमिटर ४५ देखि ६७ बोट हुने गरी बिरुवा लगाउनुपर्दछ । यसरी बिरुवा लगाउँदा १५÷१५ सेमि वा १०/१५ सेमिको दूरीमा बिरुवा लगाउनुपर्दछ । मल राख्दा जग्गा तयार गर्ने बेलामा नै डिएपी ५० ग्राम प्रतिवर्गमिटर बिरुवा लगाएपछिको तेस्रो सातादेखि पोटासियम नाइट्रेट ४ ग्राम प्रतिवर्गमिटर, क्याल्सियम एमोनियम नाइट्रेट, एमोनियम नाइट्रेट र म्याग्नेसियम सल्फेट ३ ग्राम प्रतिवर्गमिटर हाल्नुपर्दछ । त्यसैगरी यसको खेती गर्दा सिँचाइमा पनि विशेष ध्यान दिनुपर्दछ । सुक्खा समय बिरुवाहरू छिटो सुक्ने हुँदा सिँचाइ छिटो–छिटो गर्नुपर्दछ । यद्यपि बिरुवाको जरामा लामो समयसम्म पानी जम्ने गरी सिँचाइ गर्नु हुँदैन । ग्रीन हाउसमा दिउँसोको समय ढिलो गरी पानी हाल्नुहुँदैन । बिरुवा रोपेको ४ सातापछि पहिलो गोडाइ सुरु गर्नुपर्दछ र त्यसपछि हरेक १५ दिनमा एक पटक झारपात राम्ररी झिकेर गोड्नुपर्दछ । बिरुवा करिब डेढ फुटका भएपछि निहुरिने तथा ढल्ने समस्या हुने भएकाले बाँस वा निगालाका घोचा राख्नुपर्दछ । बिरुवाको उचाइ करिब ७ देखि ८ इन्च भइसकेपछि शाखा हाँगाहरूको संख्या बढाएर उत्पादन बढी लिन बिरुवाका टुप्पा चिमोटिदिनुपर्दछ । यो कार्य बिरुवा रोपेको तेस्रो र पाँचौं सातामा गरी दुई पटक गर्नुपर्दछ । फूलमा कोपिला लाग्न थालेपछि प्रत्येक हाँगामा एक–दुई वटा कोपिला छाडेर वरिपरिका मसिना कोपिला टिपिदिनुपर्दछ । कोपिला टिप्ने काम भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म गर्नुपर्दछ । यसो गर्नाले फूलको उत्पादन राम्रो भई आम्दानी बढी लिन सकिन्छ । ढकमक्क फूल फुलिसकेपछिको दोस्रो साताबाट आवश्यकताअनुसार विक्रीका लागि बजारमा पठाउन सकिन्छ ।

यसरी गर्नुस् ग्लाडिओलस फूल खेती

काठमाडौं । दक्षिण अफ्रिकामा उत्पत्ति भएको र पछिल्लो समय विश्वका अधिकांश देशमा प्रचलनमा रहेको ग्लाडिओलस फूलको खेती नेपालमा क्रमशः विस्तार हुँदै गएको छ । नेपालको सन्दर्भमा सबै ठाउँमा सबै किसिमको मौसममा यसको खेती सम्भव नभएकाले सबैभन्दा पहिले कुन ठाउँमा कुन मौसममा यसको खेती गर्दा उपयुक्त लाभ लिन सकिन्छ भन्ने विषयमा जानकारी राख्नु आवश्यक छ । पहाडी जिल्लामा फागुनदेखि असार महिनासम्म यसको खेती गर्दा राम्रो लाभ लिन सकिन्छ । यो समय रोपेको ग्लाडिओलस जेठदेखि कात्तिकसम्म फुल्ने गर्दछ । भित्री पहाडका जिल्लामा माघदेखि साउनसम्म यसको खेती गर्न सकिन्छ । यतिबेला रोपेको बिरुवाले वैशाखदेखि मंसिर महिनाभित्रमा उत्पादन दिन थाल्छ । पुष्पविज्ञ लोकनाथ गैरेका अनुसार यदि तराईका जिल्लामा ग्लाडिओलसको खेती गर्ने सोच्दै हुनुहुन्छ भने भदौदेखि फागुन महिना बीचको समय उत्तम हुन्छ । यतिबेला रोपेको ग्लाडिओलस मंसिरदेखि वैशाखसम्म फुल्ने गर्दछ । ग्लाडिओलस बिउ तथा वल्ब कमबाट उत्पादन गर्न सकिन्छ । यसमा भएको गानोलाई वैज्ञानिक भषामा कम वा वल्ब भनेर बुझिन्छ । व्यावसायिक फूल उत्पादनका लागि कम तथा कमलेटको प्रयोग गर्ने प्रचलन छ । ग्लाडिओलसको वल्ब रोपेसँगै उत्पादनपछि विस्तारै बीच भागबाट मुना पलाउन थाल्छ । साथै, तलको भागमा जरा सँगसँगै माथिका पात पनि बढ्ने पुष्पविज्ञ गैरे सुनाउँछन् । ग्लाडिओलस खेती सबै प्रकारका माटोमा गर्न सकिन्छ । सिँचाइ गर्न सकिने, पानीको निकास भएको र पानी नजम्ने स्थान प्रमुख आवश्यकता हो । यो खेतीका लागि माटोको अम्लीयपन ६ देखि ६.५ सम्म उत्तम मानिन्छ । माटोको प्रकारअनुसार रोप्ने, सिँचाइ गर्ने, मलजल गर्ने पद्धतिमा फरक–फरक विधि अपनाउनु जरुरी छ । जस्तो, चिम्ट्याइलो माटोमा सिँचाइ कम दिँदा पनि बिरुवालाई पानीको उपलब्धता उपयुक्त हुन्छ भने बलौटे माटोमा सिँचाइ बढी दिनुपर्ने हुन्छ । मलखादमा पनि यस्तै फरक–फरक विधि अपनाउनुपर्छ । न्यूनतम १६ डिग्रीदेखि २५ डिग्री सेल्सियससम्मको तापक्रम यसको व्यावसायिक उत्पादनका लागि उपयुक्त मानिने गैरे बताउँछन् । तथापि फूल फुल्ने समय लक्षित गरी तापक्रमलाई व्यवस्थापन गर्ने हो भने रोप्नका लागि १० डिग्री सेन्टिग्रेडदेखि ३५ डिग्री सेन्टिग्रेडको अवस्थामा वल्ब रोप्न सकिन्छ । यद्यपि फूल फुल्ने समय औसत तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल आइसकेको हुनुपर्छ । यसबेला औसतभन्दा बढी पानीको आवश्यकता पर्छ भने सूर्यको प्रकाश सीधा यसको बिरुवामा पारेको हुनुपर्छ । माटोमा प्रांगारिक मात्रा कम भए विभिन्न रोगको आक्रमण बढी हुने र फूलको पोस्ट हार्भेस्ट समय छोटो हुने भएकाले पहिलो चरणमा प्रांगारिक मल राखेर माटो तयार गर्नु आवश्यक छ । माटोमा एकैपटक रासायनिक मल नराखी २ वा ३ पटक मात्रा मिलाएर माटोमा मिलाउँदा फूल उत्पादन राम्रो हुने गर्दछ । मौसम अनुकूलताअनुसार २, ४ वा ६ लाइनमा यो फूललाई रोप्न सकिन्छ । कतिको दूरीमा रोप्ने भन्ने वल्बको प्रजातिमा भर पर्दछ । सामान्यतया वल्बको आकार भने ठीक दुई गुणा माटो वल्बको माथि पर्ने गरी रोप्नुपर्दछ । उत्पादन राम्रो लिन झारपातको व्यवस्थापनमा पनि विशेष ध्यान दिनु जरुरी छ । फूल तयार हुन सामान्यतया वल्ब रोपेको ६० देखि १ सय २० दिनसम्मको समय उपयुक्त हुन्छ ।

यसरी गर्नुस् कार्नेसन फूल खेती

काठमाडौं । दक्षिण युरोपको स्थानीय फूलको रूपमा चिनिने कार्नेसन पछिल्लो समय नेपालमा पनि निकै प्रचलित हुँदै गएको छ । नेपालमा गुलाबपछिको महत्वपूर्ण कटफ्लाबर फूलको रूपमा यसलाई मानिन्छ । नरम डाँठ भएको यो फूलको बिरुवाको उचाइ ८० सेन्टिमिटर र पात १५ सेमि लामो खैरो हरियो रंगको हुने गर्दछ । यो फूलको प्राकृतिक रंग गुलाबी र बैजनी भए पनि पछिल्लो समय विकासकर्ताहरूले पहेंलो, सेतो, हरियोलगायत रंगमा समेत विकास गरेको देख्न सकिन्छ । कार्नेसन फूलको खती गर्ने केही तरिका यहाँ उल्लेख गरिएको छ । यो फूल रोप्ने सिजन असार, साउन, कात्तिक, मंसिर, माघ र फागुन महिना हो । सबै प्रकारको हावापानीमा यसको खेती गर्न सकिन्छ । प्रायः प्लास्टिकको टनेलभित्र र अत्यधिक गर्मी हुने ठाउँमा खुला रूपमा पनि यसको खेती गर्न सकिने फूलको उत्पादन २ वर्षसम्म लिन सकिन्छ । कार्नेसन खेतीका लागि प्लास्टिकको टनेल महत्वपूर्ण मानिन्छ । रोग किराको क्षतिबाट जोगाउन यस्तो टनेल निर्माण गर्नुपर्ने हुन्छ । टनेल निर्माण गर्दा प्रयोग गरिने प्लास्टिक २ सय माइक्रोन र टनेलको मोहडा उत्तर दक्षिणको हुनु जरुरी छ । टनेलको बीच भागको उचाइ ६ दशमलव ५ मिटर र छेउको उचाइ ४ दशमलव ५ मिटर राख्नुपर्दछ । कार्नेसन फूल खेती प्रायः सबै प्रकारको माटोमा गर्न सकिन्छ । यद्यपि पानीको निकास र भौतिक गुणको स्थिति भने राम्रो हुनुपर्ने नर्सरी विज्ञहरू बताउँछन् । कृषि प्राविधिक विश्वमणि पोख्रेलका अनुसार कार्नेसनको जरा २५ देखि ३० सेन्टिमिटर तलसम्म जाने भएकाले ४० सेमिसम्म राम्रो माटोको तह हुनुपर्छ भने ५० सेमि तल पानी खेल्नुहुँदैन । यो खेतीका लागि सबैभन्दा राम्रो माटो बलौटे दोमटलाई मानिन्छ । धेरै चिम्टाइलो वा पाँगो माटोमा खेती गर्दा प्रशस्त मात्रामा जैविक मल राख्नु जरुरी हुन्छ । बिरुवाको राम्रो वृत्ति विकास तथा उत्पादन वृद्धिका लागि माटोको तयारीमा विशेष ध्यान दिनुपर्ने पोख्ररेल सुझाउँछन् । अन्य बालीमा झैं बिरुवा रोपिसकेपछि माटो चलाउन र सार्न नमिल्ने हुनाले सुरुमै माटोको तयारी राम्रोसँग गर्नुपर्दछ । कार्नेसन रोप्ने जमिन यदि चिम्टाइलो छ भने ३० प्रतिशत कम्पोस्ट वा जैविक मल, १५ प्रतिशत बालुवा र ४ किलोग्राम प्रतिवर्गमिटरका हिसाबले धानको भुस मिसाएर तयारी गर्दा राम्रो हुने उनी बताउँछन् । माटो तयार गरेपछि ड्याङको तयारी गर्दा ८० सेमिदेखि १ मिटरसम्मको चौडाइ, ३० सेमि उचाइ, ५० सेमि बाटोको चौडाइ राखेर माटोलाई मसिनो पार्नुपर्दछ । नेपालमा मूल बिउबाट र कटिङबाट गरी दुई प्रकारले कार्नेसनका बिरुवा उत्पादन हुन्छन् । मूल बिउबाट उत्पादित बिरुवा विशेषगरी विदेशबाट आयात गरिन्छ भने कटिङबाट उत्पादन हुने बिरुवा नेपालमै उत्पादन गर्छ । रोप्ने बेला बिरुवाबीचको दूरी १५ सेमि र लाइनदेखि लाइनको दूरी पनि १५ सेमि हुनुपर्दछ । बिरुवा रोपिसकेपछि करिब ६ लिटर पानी प्रतिवर्गमिटरका हिसाबले सिँचाइ गर्नुपर्दछ । कार्नेसन मसिनो र डन्डी भएको १ सय सेमिसम्म अग्लो भई फूल्ने बिरुवा भएकाले यसलाई लड्न नदिन जालीको सहयोग आवश्यक पर्दछ । चारैतर्फबाट बलियो काठको किला गाडेर जालीलाई ड्याङ वरिपरि सीधा हुने गरी राख्नुपर्दछ । बिरुवाको अवस्था हेरेर ३/४ तहसम्मको जाली राख्न सकिन्छ । राम्रो उत्पादन लिन मुना र कोपिला टुसा भाँच्नुपर्दछ । बिरुवा रोपेको २५ देखि ३० दिनमा पहिलो पटक र ६० देखि ७० दिनभित्रमा दोस्रो पटक मुना हटाउनुपर्दछ । मुख्य फूललाई हुर्कन नदिने भएकाले सहायक मुनालाई हटाउनुपर्ने हुन्छ । बिरुवा रोपेको १ सय २० देखि १ सय ५० दिनभित्र फूल फुल्न सुरु हुन्छ । कार्नेसन फूल पूर्ण रूपमा नफुलेको अवस्थामा मुना निस्केको स्थानबाट हेर्दा ३/४ आँखा माथिबाट कैंचीको सहायताले काटेर निकाल्नुपर्दछ । तापक्रम कम भएपछि बिहान वा बेलुकाको समय फूलको कटाइ गर्ने र एक बन्डलमा २० वटाको दरले राख्नुपर्दछ । यदि तुरुन्तै बजार पुर्‍याउन सम्भव नभए ५ सेमि गहिराइको भाँडोको सफा पानीमा डुबाएर राख्नुपर्दछ ।

'कमल पोखरीको दोहन रोक्न सकेनौं' भन्दै अनुहारमा माटो पोत्ने तयारीमा अभियन्ता

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई केही महिनाअघि सुकाइएको छ। गुरुयोजना बनाएर कमलपोखरीलाई ‘ब्युटिफिकेशन’ गर्ने नाममा पोखरी सुकाइएको थियो। प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त गरिरहेका…