'कमल पोखरीको दोहन रोक्न सकेनौं' भन्दै अनुहारमा माटो पोत्ने तयारीमा अभियन्ता

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई केही महिनाअघि सुकाइएको छ। गुरुयोजना बनाएर कमलपोखरीलाई ‘ब्युटिफिकेशन’ गर्ने नाममा पोखरी सुकाइएको थियो। प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त गरिरहेका…

सम्बन्धित सामग्री

खेल मैदान पोखरीमा परिणत

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा निर्माण हुन लागेको खेल मैदान पोखरीमा परिणत भएको छ । चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको उक्त खेल मैदानबाट अवैधरुपमा माटो बालुवा दोहन हुँदा मैदान पोखरीमा परिणत भएको हो । २०७९ जेठ मसान्तसम्ममा सम्याइसक्ने गरी २०७७ असार १७ गते निर्माण कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त खेल मैदान […]

उपत्यकामै नदी दोहन

भक्तपुरका अधिकांश बालुवाखानी करिब ८ वर्षयता बन्द छन् । खानी तथा भूगर्भ विभागले त्यसयता खानी सञ्चालनको स्वीकृति दिएको छैन । तर, चाँगुनारायण नगरपालिकाले व्यक्तिले घडेरी सम्याउँदा निस्किएको माटो तथा खानीजन्य पदार्थ बालुवा, ढुंगा राजस्व लिँदै बिक्री अनुमति दिएको छ ।

बाढी–पहिरोको पीडा

विश्व जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि परेको छ । मनसुनको स्वरूप बदलिँदो छ । पानी पर्ने दरमा फेरबदल भएको छ । प्रकृति, वातावरण र प्राकृतिक खनिजको दोहन व्यापक छ । नदीलाई हामीले दोहनको साधन मानेका छौं । स्वाभाविक रूपमा डढेलोले खाएको क्षेत्रमा परेको पानीले बढी माटो बगाउँछ, नदीको व्यवहारमा परिवर्तन हुन्छ । विकास निर्माणका पालना […]

जलवायु परिवर्तन विशेष: बोलीमा संरक्षण, व्यवहारमा दोहन

मधेसको अन्न भण्डार समथर भूमिलाई सिञ्चित गर्ने पानीको मुहान चुरे हो । बर्सेनि अतिक्रमण, डढेलो, मानवबस्ती विकास र बढ्दो नदी दोहनका कारण कोमल माटो र ढुंगाले बनेको चुरे संकटमा परेको छ । खहरे खोलाबाट बग्ने सुक्खा बालुवाले चुरेको प्राण पानीको मुहानलाई सुकाएको छ । अव्यवस्थित वन फँडानी, भीरपाखामा अव्यवस्थित खेती, सडक निर्माण, बस्ती विकास र मुहान सुक्दा डाँडा उजाड भएका छन् ।

‘लिक्विड स्प्रे’ गरेर चुरेको भूक्षय रोक्ने वनमन्त्रीको योजना !

२८ जेठ, काठमाडौं । सरकारले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति बजेटमा ल्याएपछि चुरे विनाश गर्न खोजेको भनी विज्ञहरुले चिन्ता गरिरहेका छन् । यही बेला नवनियुक्त वन तथा भूसंरक्षण मन्त्री नारदमुनि रानाले स्प्रे गरेर चुरे संरक्षण गर्ने नयाँ योजना सुनाएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले चुरेको दोहन रोकेर त्यसमा परेका दरारहरुको समस्या समाधान गर्न माटो […]

माइतीघरमा प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १२ जना पक्राउ (फोटो)

काठमाडौं : पेट्रोलियम पदार्थ र चुरेको ढुङ्गा माटो उत्खनन् गर्न सरकार लागि परेको भन्दै माइतीघर मण्डलामा अखिल (क्रान्तिकारी ) प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि कृष्ण गजुरेल , आकाश महर्जन , मीन प्रसाद गिरीलगायत रहेका छन्।प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने तथा चुरे दोहन गर्न लागि परेको सरकारले तत्काल रोक्न आह्‍वान न गरेका छन्। केही तस्वीर झलक :

डाँडो काट्न ८२ अर्ब, १ खर्बको ढुङ्गा–माटो निस्कने

२५ जेठ, काठमाडौं । यतिबेला ढुंगा, गिट्टी र बालुवा निकासीको सरकारी योजना विवादमा छ । तर सरकारले चुरे क्षेत्रमा कुनै दोहन नगर्ने प्रतिबद्धता दोहोर्याइरहँदा रूपन्देही र पाल्पाको सीमा क्षेत्रको सिद्धबाबा (कुहिरेभीर) डाँडो काट्ने प्रस्ताव राष्ट्रिय योजना आयोगमा पेश भएको छ । लुम्बिनी प्रदेश सरकारले सो डाँडो काटेर त्यसबाट निस्कने ढुंगा–माटो बिक्री गर्ने र त्यस ठाउँमा […]

कचनकवलमा इँटा उद्योगीको दादागिरी कायमै, खेतीयोग्य जमिनको चरम दोहन

झापा : धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउँपालिका सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला क्षेत्र नै मास्ने गरी माटो खन्दै दोहन गरिरहेको पाइएको छ। कचनकवल गाउँपालिका ६ स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै गरेको घटना बाहिरिएसँगै गाउँपालिकाभित्र सञ्चालित इँटा उद्योगहरूको थाहाकर्मीले स्थलगत रिपोर्टिङका क्रममा यस्तो भेटिएको हो।  इँटा उद्योगीहरूले खेतीयोग्य जमिन र खोला मास्दासमेत कचनकवल गाउँपालिका मौन देखिएको छ। गाउँपालिकाभित्र र पालिकाब

'कमल पोखरीको दोहन रोक्न सकेनौं' भन्दै अनुहारमा माटो पोत्ने तयारीमा अभियन्ता

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई केही महिनाअघि सुकाइएको छ। गुरुयोजना बनाएर कमलपोखरीलाई ‘ब्युटिफिकेशन’ गर्ने नाममा पोखरी सुकाइएको थियो। प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त