यसरी गर्नुस् ग्लाडिओलस फूल खेती

काठमाडौं । दक्षिण अफ्रिकामा उत्पत्ति भएको र पछिल्लो समय विश्वका अधिकांश देशमा प्रचलनमा रहेको ग्लाडिओलस फूलको खेती नेपालमा क्रमशः विस्तार हुँदै गएको छ । नेपालको सन्दर्भमा सबै ठाउँमा सबै किसिमको मौसममा यसको खेती सम्भव नभएकाले सबैभन्दा पहिले कुन ठाउँमा कुन मौसममा यसको खेती गर्दा उपयुक्त लाभ लिन सकिन्छ भन्ने विषयमा जानकारी राख्नु आवश्यक छ । पहाडी जिल्लामा फागुनदेखि असार महिनासम्म यसको खेती गर्दा राम्रो लाभ लिन सकिन्छ । यो समय रोपेको ग्लाडिओलस जेठदेखि कात्तिकसम्म फुल्ने गर्दछ । भित्री पहाडका जिल्लामा माघदेखि साउनसम्म यसको खेती गर्न सकिन्छ । यतिबेला रोपेको बिरुवाले वैशाखदेखि मंसिर महिनाभित्रमा उत्पादन दिन थाल्छ । पुष्पविज्ञ लोकनाथ गैरेका अनुसार यदि तराईका जिल्लामा ग्लाडिओलसको खेती गर्ने सोच्दै हुनुहुन्छ भने भदौदेखि फागुन महिना बीचको समय उत्तम हुन्छ । यतिबेला रोपेको ग्लाडिओलस मंसिरदेखि वैशाखसम्म फुल्ने गर्दछ । ग्लाडिओलस बिउ तथा वल्ब कमबाट उत्पादन गर्न सकिन्छ । यसमा भएको गानोलाई वैज्ञानिक भषामा कम वा वल्ब भनेर बुझिन्छ । व्यावसायिक फूल उत्पादनका लागि कम तथा कमलेटको प्रयोग गर्ने प्रचलन छ । ग्लाडिओलसको वल्ब रोपेसँगै उत्पादनपछि विस्तारै बीच भागबाट मुना पलाउन थाल्छ । साथै, तलको भागमा जरा सँगसँगै माथिका पात पनि बढ्ने पुष्पविज्ञ गैरे सुनाउँछन् । ग्लाडिओलस खेती सबै प्रकारका माटोमा गर्न सकिन्छ । सिँचाइ गर्न सकिने, पानीको निकास भएको र पानी नजम्ने स्थान प्रमुख आवश्यकता हो । यो खेतीका लागि माटोको अम्लीयपन ६ देखि ६.५ सम्म उत्तम मानिन्छ । माटोको प्रकारअनुसार रोप्ने, सिँचाइ गर्ने, मलजल गर्ने पद्धतिमा फरक–फरक विधि अपनाउनु जरुरी छ । जस्तो, चिम्ट्याइलो माटोमा सिँचाइ कम दिँदा पनि बिरुवालाई पानीको उपलब्धता उपयुक्त हुन्छ भने बलौटे माटोमा सिँचाइ बढी दिनुपर्ने हुन्छ । मलखादमा पनि यस्तै फरक–फरक विधि अपनाउनुपर्छ । न्यूनतम १६ डिग्रीदेखि २५ डिग्री सेल्सियससम्मको तापक्रम यसको व्यावसायिक उत्पादनका लागि उपयुक्त मानिने गैरे बताउँछन् । तथापि फूल फुल्ने समय लक्षित गरी तापक्रमलाई व्यवस्थापन गर्ने हो भने रोप्नका लागि १० डिग्री सेन्टिग्रेडदेखि ३५ डिग्री सेन्टिग्रेडको अवस्थामा वल्ब रोप्न सकिन्छ । यद्यपि फूल फुल्ने समय औसत तापक्रम २५ डिग्री सेल्सियसभन्दा तल आइसकेको हुनुपर्छ । यसबेला औसतभन्दा बढी पानीको आवश्यकता पर्छ भने सूर्यको प्रकाश सीधा यसको बिरुवामा पारेको हुनुपर्छ । माटोमा प्रांगारिक मात्रा कम भए विभिन्न रोगको आक्रमण बढी हुने र फूलको पोस्ट हार्भेस्ट समय छोटो हुने भएकाले पहिलो चरणमा प्रांगारिक मल राखेर माटो तयार गर्नु आवश्यक छ । माटोमा एकैपटक रासायनिक मल नराखी २ वा ३ पटक मात्रा मिलाएर माटोमा मिलाउँदा फूल उत्पादन राम्रो हुने गर्दछ । मौसम अनुकूलताअनुसार २, ४ वा ६ लाइनमा यो फूललाई रोप्न सकिन्छ । कतिको दूरीमा रोप्ने भन्ने वल्बको प्रजातिमा भर पर्दछ । सामान्यतया वल्बको आकार भने ठीक दुई गुणा माटो वल्बको माथि पर्ने गरी रोप्नुपर्दछ । उत्पादन राम्रो लिन झारपातको व्यवस्थापनमा पनि विशेष ध्यान दिनु जरुरी छ । फूल तयार हुन सामान्यतया वल्ब रोपेको ६० देखि १ सय २० दिनसम्मको समय उपयुक्त हुन्छ ।

सम्बन्धित सामग्री

विदेश जान छोडेर फूल खेती

दोलखा।  दोलखाको शैलुङ– ७ फस्कुमा पाँच जना युवा मिलेर फूल खेती सुरु गरेका छन् । स्थानीय भूषण कार्की, सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङले २०८० साउनबाट शैलुङ– ७ फस्कु निमाटारमा फूल खेती सुरु गरेका हुन् । फूल खेती सुरु गरेकोे चार महिनाको अवधिमा विभिन्न जातको सयपत्री फूल बिक्री गरेर झन्डै आठलाख कमाई […]

गुल्मीको इस्मामा व्यवसायिक रुपमै फूल खेती सुरू

२१ असोज, गुल्मी । गुल्मी जिल्लामा व्यवसायीक रुपमा फूल खेती नहुँदा फूलका निम्ती बुटवल लगायत अनेत्र शहरको भर पर्नुपर्ने अवस्था रहेको थियो । जिल्लामा हुँने ठूला मेला महोत्सवमा बुटवलबाटै फूलका माला ल्याउनुपर्ने बाध्यता थियो । तर पछिल्लो समय जिल्लाका ग्रामीण वस्तीमा व्यवसायी फूल खेती शुरु हुन थालेका छन् । जिल्लाको इस्मा गाउँपालिमा एक जना युवाले […]

शिक्षण पेशा छाडेर फूल खेती, मनग्गे आम्दानी

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक भएकाले […]

शिक्षण पेसा छाडेर फूल खेती

भरतपुर, कात्तिक ९ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ। व्यवसायीकरुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो। गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोपेका छन्। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको […]

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

–कृष्ण आचार्य/ चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक […]

शिक्षण पेसा छाडेर फूल खेती, आम्दानी मनग्य

भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीक रुपमा सयपत्री फूल खेती गरेका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले अहिले चार बिघामा फूल रोपे । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको झनै अपुग भयो

बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै

राँझा– फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न  व्यस्त छन् ।नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आएकी बिन्दु चर्तिमगरको परिवारलाई […]

ईन्द्रजितको लोभलाग्दो फूल खेती (फोटो फिचर)

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-३ का इन्द्रजित सुनारले सयपत्री फूलको खेती गरेका छन्।उनले वीरेन्द्रनगर-३ ऐरी चोकको पश्चिमतर्फको साढे तीन कट्ठा जमिनमा फूल खेती गरेका हुन्। ईन्द्रजितले कृषीमा स्नातकोत्तर गरेका छन्। आफूले आर्जन गरेको ज्ञान फूल उत्पादनमा लगाएको उनले सुनाए।सुनारले थाइल्याण्डबाट आयात हुने ‘कर्मा-५५५’ जातको फूल लगाइएको छ। यो जातको सयपत्री फूलको सबै हाँगाहरूमा फूल लाग्ने र एक लाख लगानी गरिएको खेतीबाट तीन लाख रुपैयाँ सम्मको कारोबार हुने अपेक्षा गरेको ईन्द्रजितले सुनाए।ईन्द्रज

विदेशी आयात घटाउन नेपालमै फूल खेती

एक सय बेर्ना लगाएर चार वर्ष अघि फूल खेती शुरु गरेका उहाँले अहिले ३२ कठ्ठामा ढकमक्क सयपत्री फुलाएका छन् । उहाँको फोन अहिले त्यही सयपत्री खरिद गर्नेहरुको अर्डर टिप्न व्यस्त हुने गरेको हो ।