अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । तर, यसबारे विस्तृत जानकारी खुलाएको छैन ।
अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् । अमेरिकाको यो घोषणाको चीनले विरोध गरेको छ । ताइवानलाई चीनले आफ्नो स्वशासित क्षेत्र दाबी गर्दै आएको छ । तर, ताइवानले भने आफूलाई स्वतन्त्र राज्य रहेको बताउने गरेको छ ।
चीनले आवश्यकता परेमा बलपूर्वक ताइवानलाई आफ्नो...