रूसले इरानलाई सैन्य सहायता उपलब्ध गराएको अमेरिकाको आरोप

रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । सैन्य सहयोगले दुई देश रुस र इरानबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीको आरोप छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गर्नुभएको बीबीसीले जनाएको छ । गएको महिना इरानले पनि रुसलाई सयौँ ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । युक्रेनले पनि रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आर...