अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ ।
८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीब...