महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता समेत हनन गरेको देखिन्छ । महिलाको इतिहास हेर्ने हो भने सङ्घर्षले भरिएको छ । पाँच पाण्डवको एकल पत्नी बनेकी द्रौपदीको दर्दनाक इतिहास साक्षी नै छ र उनलाई पाण्डवहरूले जुवामा हारेको समेत पुरुषवादी सत्ताको अहङ्कार सबैलाई ज्ञात नै छ । महिलाहरू परापूर्व कालदेखि कुनै न कुनै रूपमा आफ्ना इच्छालाई दबाएरै बसे