भारत लैजाँदै गरेको एक ट्रयाक्टर रक्सी बरामद

भारततर्फ तस्करी गर्न लागेको एक ट्रयाक्टर रक्सी मोरङ प्रहरीले बरामद गरेको छ। मोरङको जहदा गाउँपालिका–१ कालाबञ्चारबाट को १ त ५९१३ नम्बरको ट्रयाक्टरमा भारततर्फ लैजाँदै गरेको दिलवाले नामको १५० कार्टुन रक्सी...

सम्बन्धित सामग्री

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र […]

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्रयाक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्रयाक्टर सडकबाट करि

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

तेह्रथुममा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश १–०२–००३त ४९८ नंको ट्रयाक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरी दुर्घटना भएको थियो ।दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

रुकुममा ट्रयाक्टर दुर्घटना, एक किशोरको मृत्यु

यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए ।रा १ च ३२४५ नंको ट्रयाक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भए

जोन डियरको नयाँ ट्रयाक्टर नेपाली बजारमा

अमेरिकी कम्पनी जोन डियर इण्डियाले नयाँ प्रविधिको ५० एचपीको ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ । यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएकाले किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीले दावी गरेको छ । कम्पनीले एक समारोहमा जोन डियरको दसैं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।जोन डियरले कृषि श्रृंखला एकीकृत समाधान प्रदान गरेर […]

ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै बुधवार बिहान ट्रयाक्टर पल्टिँदा १ युवकको मृत्यु भएको छ ।  नम्बर मेटिसकेको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्रयाक्टर मजदुरको रूपमा काम गर्ने बताइएको छ ।  ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्रयाक्टरका चालक र ट्रयाक्टर धनी फरार रहेकाले उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि ...

चितवनमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५, कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक मगर गम्भीर घाइते भएका थिए ।  उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा  चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

मोरङ  : विराटनगर महानगरपालिका-१४ मा ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।आइतबार बिहान साढे ८ बजे को २ त २७३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सहचालक २५ वर्षीय कामेश्वर कामतको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा कामतलाई किचेको हो। उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा महानगरपालिका–१८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । विशेष गरी व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो ।...