२० जना प्रस्तावित राजदुत विरुद्द उजुरी दिन आह्वान

संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतहरु बिरुद्द उजुरी आह्वान गरेको छ । नेपाल सरकारबाट सिफारिस भएका २० जना राजदुत विरुद्द समितिले उजुरी आह्वान गरेको हो।  समितिले उक्त पदमा उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ वैशाख १२ गते कार्यालय समय भित्र सूचना वा उजुरी आग्रह गरेको हो । यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम थर, वतन स्पष्ट रुपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिले जनाएको छ । समितिको फोन तथा फ्याक्स नम्बर ४२००२७७ वा इमेल (parl_hearing@parliament.gov.np) मा उजुरी दिन सकिने छ । कुन देशको लागि को सिफारिस ?विष्णुपुकार श्रेष्ठ-जनवादी गणतन्त्र चीनवासुदेव मिश्र-श्रीलङ्गादानबहादुर तामाङ-दक्षिण अफ्रिकाडा. शर्मिला पराजुली (ढकाल)-स्पेनमिलनराज तुलाधर-रुसी महासङ्घडिल्लीराज पौडेल-मलेसियाकान्ता रिजाल-इजरायलनवराज सुवेदी-साउदी अरेवियाकैलाशराज पोखरेल-अष्ट्रेलियाडा. नरेशविक्रम ढकाल-कतारज्योति प्याकुरेल (भण्डारी)-गणतन्त्र कोरियाप्रा.डा.राम स्वार्थ राय-डेनमार्कडा.दुर्गा बहादुर सुवेदी-जापाननिर्मलराज काफ्ले-ब्राजिलसुशीलकुमार लम्साल-इजिप्टभरतकुमार रेग्मी-अष्ट्रिया, संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियाना, CTBTO, IAEA, UNIDO, UNODC,UNOOSAतीर्थराज वाग्ले-बहराइनघनश्याम भण्डारी-बङ्गलादेशहरिश्चन्द्र घिमिरे-म्यान्मारडोरनाथ अर्याल-ओमान

सम्बन्धित सामग्री

प्रस्तावित राजदूत र न्यायाधीशविरुद्धका उजुरीबारे सांसदले थाले अध्ययन

काठमाडौँ : पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशविरुद्ध परेका उजुरी माथि संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत शनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावीत सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी

क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।...

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुकोे नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतद्वय मिश्र र रायविरुद्ध परेको […]

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली […]

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरू

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रश्तावित राजदूतहरूको सुनुवाइ गरेको छ ।शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कको लागि प्रश्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकोबिरुद्धमा परेका उजुरीमा सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूतबिरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन […]

प्रस्तावित राजदुतद्वय श्रेष्ठ र तामाङको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ। मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका चीनका...

चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदुत विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रीपरिषदले सिफारिस गरेका चीनका लागि प्रस्तावित राजदुत श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत तामाङको नाम अनुमोदन गरेको हो । प्रस्तावित दुबै राजदुतको उजुरी नपरेको र […]