काठमाडौँ : पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशविरुद्ध परेका उजुरी माथि संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत शनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावीत सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी