क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।...

सम्बन्धित सामग्री

२० जना प्रस्तावित राजदुत विरुद्द उजुरी दिन आह्वान

संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतहरु बिरुद्द उजुरी आह्वान गरेको छ । नेपाल सरकारबाट सिफारिस भएका २० जना राजदुत विरुद्द समितिले उजुरी आह्वान गरेको हो।  समितिले उक्त पदमा उनीहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित मिति २०७९ वैशाख १२ गते कार्यालय समय भित्र सूचना वा उजुरी आग्रह गरेको हो । यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम थर, वतन स्पष्ट रुपमा खुलाउनु पर्ने र निजले चाहेमा सूचनादाताको नाम गोप्य राखिने समितिले जनाएको छ । समितिको फोन तथा फ्याक्स नम्बर ४२००२७७ वा इमेल (parl_hearing@parliament.gov.np) मा उजुरी दिन सकिने छ । कुन देशको लागि को सिफारिस ?विष्णुपुकार श्रेष्ठ-जनवादी गणतन्त्र चीनवासुदेव मिश्र-श्रीलङ्गादानबहादुर तामाङ-दक्षिण अफ्रिकाडा. शर्मिला पराजुली (ढकाल)-स्पेनमिलनराज तुलाधर-रुसी महासङ्घडिल्लीराज पौडेल-मलेसियाकान्ता रिजाल-इजरायलनवराज सुवेदी-साउदी अरेवियाकैलाशराज पोखरेल-अष्ट्रेलियाडा. नरेशविक्रम ढकाल-कतारज्योति प्याकुरेल (भण्डारी)-गणतन्त्र कोरियाप्रा.डा.राम स्वार्थ राय-डेनमार्कडा.दुर्गा बहादुर सुवेदी-जापाननिर्मलराज काफ्ले-ब्राजिलसुशीलकुमार लम्साल-इजिप्टभरतकुमार रेग्मी-अष्ट्रिया, संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियाना, CTBTO, IAEA, UNIDO, UNODC,UNOOSAतीर्थराज वाग्ले-बहराइनघनश्याम भण्डारी-बङ्गलादेशहरिश्चन्द्र घिमिरे-म्यान्मारडोरनाथ अर्याल-ओमान