वैशाख १२, काठमाडौं । मेरो माइक्रोफाइनान्स र लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख २० हजार ७४३ कित्ता संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला हुने भएको छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर वैशाख २० गतेसम्मका लागि लिलामीमा विक्री खुला भएको हो । लिलामी बोलकबोलका लागि मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको प्रतिकित्ता रू. ४३७ तोकिएको छ ।
यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा वैशाख १२ गतेपछि घोषणा हुने हकप्रद शेयर तथा लाभांश प्राप्त गर्नेछन् ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।