मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ११ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान शेयरधनीहरुमा विक्रिमा ल्याइएका संस्थापक शेयर ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता शेयर २५० रुपैयाँ निर्धाण गरेर कात्तिक १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको जनाएको छ । उक्त […]

सम्बन्धित सामग्री

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ ।  मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।  मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरीदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

भदौ २०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ । कम्पनीले ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ १५ गतेदेखि लिलामीमा ल्याएको हो ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता आवेदन दिन सकिने छ  भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । आइतवार कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र सोमवार बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिने पनि कम्पनीले जानकारी दिएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेडमा रहेको छ ।

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवारसम्म

भदौ १९, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ ।  कम्पनीले ९ हजार १८७ कित्ता संस्थापक शेयर गत भदौ १५ गतेदेखि लिलामीमा ल्याएको हो ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता आवेदन दिन सकिने छ भने अधिकतम शेयर सख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले बताएको छ । आइतवार कार्यालय समय भित्र प्राप्त भएका बोलपत्र भदौ २१ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा खोलिने पनि कम्पनीले बताएको छ ।आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

साउन १४, काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले आज (बिहीवार) देखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  उक्त लिलामी शेयरमा आवेदकले भदौ आठ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ३०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीद गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।  भदौ ८ गते कार्यलय समयभित्र आएका बोलपत्रलाई भदौ ९ गते बिहान १० बजे विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खोल्ने जानकारी गराएको छ ।