काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर आइतवार (आज)बाट विक्रीमा आएको छ । प्रभु बैंकको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।
आवेदन आगामी वैशाख १६ गते अपराह्न ३ बजेभित्र विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १८ गते बिहान ११ बजे खोलिने कार्यक्रमसमेत तय भइसकेको छ ।