कालिका लघुवित्तको संस्थापक शेयर आजदेखि विक्रीमा

काठमाडौं, २३ कात्तिक । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । संस्थाले आज संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी यो शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले […]

सम्बन्धित सामग्री

कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा राखेको छ । कम्पनीको विभिन्न संस्थापकको नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर विक्रीमा राखिएको हो । यो शेयर खरीदका लागि संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।   इच्छुक संस्थापक शेयरधनीले सम्बन्धित कम्पनीको प्रधान कार्यालयमा खरीद गर्न चाहेको शेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो शेयर खरीदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेको खण्डमा सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

कुमारी बैंक र कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । कुमारी बैंक र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर सर्वसाधारणमा जारी गरेको छ । कुमारी बैंकको १० लाख १८ हजार ५०४ कित्ता र कालिका लघुवित्तको ४० हजार १३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको हो । कुमारी बैंकले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक शेयर विक्रीमा ल्याएको हो । कुमारी बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज १० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । कुमारी बैंकको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । कुमारी बैंकको शेयर खरीदका लागि प्राप्त बोलपत्र असोज ११ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिने जानकारी बैंकले दिएको छ । कालिका लघुवित्तले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि सर्वसाधारणमा विक्री गर्न लागेको हो । कालिका लघुवित्तको शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य भने उल्लेख गरेको छैन ।

कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार १३१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । उक्त शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूलाई भएको कम्पनीले जानकारी दिएको छ । शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयरको विवरणसहित कम्पनीको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गरिएको यो शेयर तोकिएको अवधिभित्र वितरण हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

५ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै कालिका लघुवित्त

जेठ १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि लिलामीमा विक्री खुला गरेको छ ।  कम्पनीले कृष्ण प्रसाद रिजालको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । कम्पनीको जेठ १० गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कालिका लघुवित्तको २५ हजार ३३० कित्ता संस्थापक शेयर विक्रीमा

चैत १, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ३३० कित्ता संस्थापक शेयर चैत १ गते मंगलवारदेखि लिलामीमा विक्री खुला गरेको छ ।  कम्पनीले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिई विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा, कास्कीमा लिखित जानकारी दिनु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कालिका लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा

मंसिर १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के.सीको नाममा रहेको ४ हजार कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा १०, कास्कीमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।