नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आवश्यक देखिएको बताएका छन्। बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताए । उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा का