भालुबाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकले राजनीतिक स्थिरता चाहेको बताएका छन्।प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिबार दाङको देउखुरीमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताए।राजनीतिक अस्थिरताले लोकतन्त्र स्थापना भएपछि पनि सोचे जति विकास र परिवर्तन हुन नसकेको उनको कथन छ। अब राजनीतिक दलहरू मिलेर मुलुक र जनताको हितमा राजनीति गर्नुपर्नेमा जोड दिए।कुनै पार्टीबाट उम्मेदवार हुनु स्वभाविक हो तर जितेपछि सबैको