समृद्धि फाइनान्सको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको जानकारी दिएको छ ।   उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको झन्डै साढे ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा असार १३ गतेदेखि उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित कित्ता शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्सको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

जेठ ११, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलेको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १०० तोकेर उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीको भनाइ छ ।

समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २२, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्न पनि कम्पनीले अनुरोध गरेको छ । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा खरीद आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २२, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको १५ हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले विद्यमान संस्थापकहरुले मात्र खरीद गर्न सक्नेगरी उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रचलित कानून बमोजिम बाह्य खरीदकर्तालाई उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

चैत २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (मंगलवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।  यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सको लिलामी शेयरमा मंगलवारदेखि आवेदन दिन सकिने

चैत २८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा शेयरमा मंगलवारदेखि आवेदन दिने सकिने छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यो शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

पुस ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ६१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस भन्दा अगाडि ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सूचना प्रकाशित भएको १५ दिनभित्र बाह्य खरीदकर्ताले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी निवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ एक हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

समृद्धि फाइनान्सको बोलपत्र आज खोलिदैं

साउन ८, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडकोे लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ ।  कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद विक्री गर्दा वितरण हुन नसकेको संस्थापक शेयर पुनः लिलामीमार्फत विक्री खुला गरेको थियो ।  उक्तको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । शुक्रवार बिहान ९:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।