काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा असार १३ गतेदेखि उक्त शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित कित्ता शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।