समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २२, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको १५ हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।  कम्पनीले विद्यमान संस्थापकहरुले मात्र खरीद गर्न सक्नेगरी उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अधिनमा रही प्रचलित कानून बमोजिम बाह्य खरीदकर्तालाई उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको झन्डै साढे ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५ लाख ४४ हजार ८९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा असार १३ गतेदेखि उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आगामी ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित कित्ता शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्सको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

जेठ ११, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडलेको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ ।  कम्पनीले प्रतिकित्ता रू. १०० तोकेर उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीको भनाइ छ ।

समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २२, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्न पनि कम्पनीले अनुरोध गरेको छ । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा खरीद आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा आउने

चैत २१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा ल्याउने जानकारी दिएको हो ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गते सम्म २ : १ अनुपातमा रू.१०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । कुल हकप्रद शेयरमध्ये संस्थापक समूहको हक हस्तान्तरणसमेत गरी कुल ६३ जना शेयरधनीहरुबाट  ७ लाख ५३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको हकहस्तान्तरण समेत गरी कुल ८ हजार २३५ जना शेयरधनीबाट आवेदन परेको जम्मा १० लाख ३६ हजार ७७ कित्ता हकप्रद शेयर गरी कुल १७ लाख ८९ हजार २३९ कित्ता शेयर गत चैत १६ गते बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  बाँकी नबिकेको शेयर कम्पनीले लिलामीमा ल्याउने तयारी गरेको हो । कम्पनीले लिलामीमा शेयर विक्री गर्ने मिति भने तय गरेको छैन ।

समृद्धि फाइनान्सको संस्थापक शेयर विक्रीमा

पुस ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ६१८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । यस भन्दा अगाडि ३५ दिने सूचना प्रकाशित गरिएकोमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेको हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सूचना प्रकाशित भएको १५ दिनभित्र बाह्य खरीदकर्ताले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी निवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १ एक हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

समृद्धि फाइनान्सको बोलपत्र आज खोलिदैं

साउन ८, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडकोे लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ ।  कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद विक्री गर्दा वितरण हुन नसकेको संस्थापक शेयर पुनः लिलामीमार्फत विक्री खुला गरेको थियो ।  उक्तको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । शुक्रवार बिहान ९:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

असार ३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।  कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरीदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।

समृद्धि फाइनान्सको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको जानकारी दिएको छ ।   उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।