साउन ८, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडकोे लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ ।
कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद विक्री गर्दा वितरण हुन नसकेको संस्थापक शेयर पुनः लिलामीमार्फत विक्री खुला गरेको थियो ।
उक्तको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । शुक्रवार बिहान ९:३० बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।