केएमसीमा पढेका डाक्टरलाई आफैँले जम्मा गरेको पैसा फिर्ता लिन सकस

कलेजसँग पैसा फिर्ता लिनका लागि उनी बारम्बार काठमाडौं आउन सक्दैनन् । उनी फोन गर्छन् । कहिले फोन उठ्दैन, उठिहाले पनि चित्तबुझ्दो जवाफ आउँदैन ।

सम्बन्धित सामग्री

सहकारीपीडित पनि आन्दोलनमा

साउन १५ गते सोमबारको दृश्य हो । धेरै महिला दिदीबहिनी साउने सोमबारको व्रत बसिरहेसँगै धार्मिक पूजा–आराधनामा व्यस्त भइरहेका बेला यता काठमाडौंको माइतीघर मण्डलामा भने बसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत थुप्रै चिरपरिचित कलाकार पनि आन्दोलनमा सहभागी भएका देखिन्थे । उनीहरूको पनि आफ्नै माग थियो-सहकारीमा जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने । यही कारणले आफ्नो मागको छिटो सम्बोधन होस् […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठको सहकारीका बचतकर्ता बिचल्लीमा

पोखरा । पोखरालाई कार्यक्षेत्र बनाएर २० वर्षअघि स्थापना भएको किसान कृषि सहकारी संस्था ३ हप्तादेखि बन्द छ । दैनिक खर्च धान्न नसकेको सहकारीले बचतकर्तालाई पैसा फिर्ता पनि गर्न सकेको छैन । सयौँ बचतकर्ता बिचल्लीमा परेका छन्

सेयर बजार र घरजग्गामा लगानी गर्दा धमाधम ‘डुब्दै’ छन् सहकारी

काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेतका रामबहादुर गौतम अहिले कहाँ छन् कसैलाई पत्तो छैन । किनकी, काठमाडौँ १४ कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनी सम्पर्कबिहीन भएको दुई हप्ता भयो । उक्त सहकारी संस्थामा २ हजार ५ सय बढी बचतकर्ताको ७ अर्ब बढी निक्षेप रकम जम्मा थियो । अब बचतकर्ताको उक्त रकम जोखिममा परेको छ । आफूले राखेको बचत जोखिममा परेपछि बचतकर्ताहरु गत हप्तादेखि सहकारी विभागमा धाईरहेका छन् । हालसम्म १ हजार २ सय बढी बचतकर्ताले विभागमा उजुरी दिईसकेका छन् । यी हुन् २ ‘हाई प्रोफाइल एक्जाम्पल’बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने भएपछि सञ्चालकहरु फरार भएको यो नै पहिलो घटना भने होइन । हालसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको विषयमा सहकारी विभागमा उजुरी परिसकेको छ । देशभर रहेका ३० हजार बढी सहकारीको नियमन गतिलो नहुँदा सहकारीका सञ्चालकले आफूखुशी सेयर बजार र घरजग्गामा लगानी गर्दा सहकारीहरु डुब्ने गरेको देखिएको विभागको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।विशेषगरी ठूला र कहलिएका व्यवसायीले चलाएका सहकारीहरुले घरजग्गामा लगानी गर्दा बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुग्ने गरेका केही उदाहरणहरु छन् । जसको चर्चित उदाहरण हो सिभिल सहकारी । संविधानसभा सदस्यसमेत रहेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले चलाएको यो सहकारी खुब चलेको सहकारी थियो । तर, तामाङको महत्वकांक्षाले सहकारी मात्रै डुबेन, तामाङ स्वयम् हाल थुनामा छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७८ असोज ८ गते पक्राउ गरेर उनीविरुद्द ५ अर्ब ७७ करोड ८० लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा चलायो । अदालतले पुर्पक्षको लागि थुनामा पठायो । हाल पनि मुद्दा चलिरहेकै छ । त्यस्तै, बचतकर्ताको रकम दिन नसक्ने गरी टाट पल्टिएको अर्को ‘हाई प्रोफाइल’ व्यक्तिले चलाएको सहकारी हो ओरियन्टल सहकारी । सुधिर बस्नेतले चलाएको यो ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको थियो । तर, २०७६ को फागुनमा सर्वोच्चले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै उक्त सहकारीको दायित्व फरफारक गर्ने दायित्व सञ्चालक सुधिरकै भएको फैसला गरेको थियो । त्यसपछि २०७७ साउनबाट ब्यूँतिएको भएपनि अझैसम्म ओरियन्टल पीडित सबैले पैसा पाईसकेका छैनन् ।किन डुब्छन् सहकारी ?यी दुई ठूला सहकारी डुब्नुमा घरजग्गा कारोबारमा गरिएको लगानी नै मुख्य कारक रहेको पाईन्छ । आफूले गर्दै आएको घरजग्गा तथा अपार्टमेन्ट निर्माणको कामबाट मनग्य आम्दानी हुने भएपछि सिभिलका इच्छाबहादुर र ओरियन्टलका सुधिरले आफूले चलाईरहेको सहकारीमा बचतकर्ताबाट संकलन भएको रकम घरजग्गामै खन्याए ।तर, राष्ट्र बैंकले यस्तो कर्जामा सीमा लगाईदिएपछि इच्छाबहादुर र सुधिरको व्यवसायिक साम्राज्य गर्ल्याम गुर्र्लुम्मै ढल्यो ।‘जतिसक्दो चाँडो धेरै नाफा हुने क्षेत्र खोज्दा अहिले अधिकांश सहकारीले घरजग्गा र सेयर बजारमा लगानी गरेका छन्’,सहकारी विभागका एक अधिकारी भन्छन्, ‘कोरोनाको बेलामा सहकारीहरुले पनि सेयरमा लगानी गरेको पाइएको छ । त्यतिबेला सेयर बढिरह्यो । तर, एक्कासी ह्वात्तै घटेपछि समस्यामा परे । सँगै, घरजग्गामा पनि त्यस्तै भयो । अहिले बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा कारोबारमा मन्दी आएको छ । त्यसैले सहकारीहरु समस्यामा पर्न थाले ।’गाउँका भन्दा पनि शहरी इलाकाका सहकारीहरुले बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगानी गरेका छन् । यस्ता सहकारीहरु क्रमशः यसैगरी समस्यामा पर्ने विभाग स्रोत बताउँछ ।तर, हालै मात्रै बचतकर्ताको पैसा तिर्न नसकेर फरार भएका गौतमश्रीका अध्यक्ष रामबहादुर गौतमको भने आयात र कृषिबाहेक अन्यत्र के के मा लगानी थियो भन्ने अनुसन्धान भईरहेको छ ।

‘द लिडर’लाई तिरेको पैसा फिर्ता लिन बाँकी ३०९ जना, रबीले दिए ५ वटा मोबाइल नम्बर

नेता छान्ने भनिएको टेलिभिजन रियालिटि शो ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्कवापत १ हजार रुपैयाँ तिरेका ३०९ जनाले पैसा फिर्ता लिन बाँकी रहेको पाईएको छ ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रबी लामिछानेले शुल्क तिरेर रजिष्ट्रेसन गरेकाहरुको पैसा फिर्ता दिनु आफ्नो नैतिक दायित्व भएको बताएका छन् । उाले आफू उक्त कार्यक्रम सञ्चालक मात्रै भए पनि रजिष्ट्रेशन गर्नेहरुले आफूलाई हेरेर गरेको भन्दै रबीले पैसा फिर्ता गर्न आफूले पहल गर्ने बताएका छन् । उनले यसअघि नै पैसा फिर्ता लैजान चाहनले लैजान सक्ने भन्दै सार्वजनिक रूपमा आह्वान गरिएको तर, सूचना नपाएर कोही आउन नसकेको हुन सक्ने भएकाले पुनः आफूले यसका लागि पहल गर्ने बताए ।कार्यक्रममा जम्मा ११ सय ९२ जनाले मात्रै रजिष्ट्रेसन गरेको दाबी गर्दै रबीले ८८३ जनाले पैसा फिर्ता लगिसकेको जनाएका छन् । बाँकी ३०९ जना रहेको उनको भनाई छ ।रबीले पैसा फिर्ता लिनका लागि ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ गरी ५ वटा मोबाइल नम्बर उपलब्ध पनि गराएका छन् । ‘द लिडर’ कार्यक्रम घोषणा २०७६ मंसिर २६ गते गरिएको थियो ।

नेपालमा पनि बढ्दैछ अनलाइन ठगी, यी कुरामा ध्यान दिँदा जोगिन सकिन्छ

नेपालको ब्याङ्किङ प्रणाली डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेको बताइएको छ।प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको अधिकारीहरू बताउँछन्।चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएको उनीहरूको भनाइ छ।यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ।कति हुन्छ ठगीका घटना?प्रहरीका अनुसार यस्ता ठगीका घटनाबारे उजुरी गर्नेहरूको सङ्ख्या बढ्दो छ। तर पहिचान गर्न गाह्रो पर्ने माध्यम अनि स्थानमा आधारित रहेर यस्ता कार्यहरू गरिने हुँदा सर्वसाधारण नै सजग नहुँदासम्म यस्ता घटना कम नहुने उनीहरूको भनाइ छ।महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार प्रत्येक महिना ७० देखि ८० वटा यस्ता ठगीका उजुरीहरू आउने गरेका छन्।''प्रविधिमा पहुँच वृद्धि भएसँगै ठगीका सङ्ख्यामा पनि वृद्धि भएको छ,'' महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले भने।प्रलोभन देखाएर ठगीअनलाइनमार्फत ठगी खासगरी प्रलोभन देखाएर गर्ने गरिन्छ। कुनै व्यक्तिले ब्याङ्क वा कुनै वित्तीय सेवा प्रदायकको परिचय दिएर फोन गर्ने र विवरणहरू माग्ने पनि गर्छन्।खातावाला व्यक्तिले त्यसमा शङ्का नगरी उपहार पाउने प्रलोभनमा आफ्नो गोप्य विवरणहरू दिने गरेको प्रहरीले बताएको छ। यसमा खासगरी एटिएम कार्डसम्बन्धी विवरण, खाता नम्बर अनि अनलाइनमार्फत कारोबार गर्दा ब्याङ्कले उपलब्ध गराउने 'वान टाइम पासवर्ड' ओटीपी नम्बर ठगहरूले माग्छन्।यीमध्ये कुनै एक विवरण र मोबाइल नम्बरमा प्राप्त हुने ओटीपीको प्रयोग गरेर व्यक्ति वा संस्थाले प्रयोग गर्ने खातामा ठग प्रवेश गर्न सक्छन् र आफू अनुकूल रकम हिनामिना गर्न सक्ने जानकारहरू बताउँछन्।फरकफरक स्वरूपविद्युतीय माध्यमबाट पैसा चोर्ने बाहेक खाता नै दुरुपयोग भएका घटनाहरू समेत देखिएको कोइराला बताउँछन्। ''आफ्नो खाता दुरुपयोग भएको विषयबारे कतिपय मानिसहरू नै अनभिज्ञ हुन्छन्,'' उनले भने।''कहिँ कसैलाई विदेश जान भनेर दिएको पैसा फिर्ता गरिदिएँ है तिम्रो खातामा भनिएको हुन्छ। तर त्यस्तो ठगिएको पैसा अर्कै खातामा जम्मा गरिन्छ।''कतिपयले सामाजिक सञ्जालबाट भएको चिनाजानकै आधारमा आफ्नो नाममा ब्याङ्कमा खाता खोली एटीएम निकालेर भारतमा पठाइदिएको घटनासम्म देखिएको प्रहरीको भनाइ छ।''कुराकानी हुँदै गयो। विश्वासको वातावरण बन्यो। ठग्ने मान्छेले कुनै कथा सुनायो ... मलाई यस्तो गर्नका लागि एउटा पैसा नभएको खाता र एटीएम चाहिएको छ भन्यो। विश्वास जितेपछि त खाता खोलेर एटिएम कुरीअर गरिदिने। अब नेपालको एटिएम त भारतमा पनि चल्छ। यसरी पनि दुरुपयोग भएको छ,'' कोइरालाले भने।कतिपयले विश्वासकै आधारमा ठगी गरेर आर्जन गरेको रकम अरूकै खाताबाट चेक काट्न लगाएर भुक्तानी समेत लिएको पाइएको छ।''मेरो व्यापारको पैसा नेपालमा फसेको थियो, उठ्दै छ। तपाईँको खातामा पैसा आउँछ अनि त्यो मेरो मानिसलाई दिनुहोला भनेर भनेको आधारमा चेक काट्दै दिएको पनि पाइएको छ,'' कोइरालाले भने।पछि खातामा पैसा जम्मा गर्ने व्यक्तिले कसैगरी खातावाला व्यक्तिको पहिचान गरेर पैसा फिर्ता मागेपछि मात्रै यो घटनाबारे प्रहरीमा उजुरी परेको थियो।यसरी गरिएको दुरुपयोगमा ५० देखि ६० लाखसम्म ठगी भएको पाइएको प्रहरी भनाइ छ।ठगीको अर्को तरिकात्यस्तै हालसालै अर्को एउटा घटना प्रहरीकहाँ उजुरी आयो। पीडितको म्यासेन्सजरमा क्यानडाको एक कम्पनीमा महिनाको १५०,००० तलब भन्ने सन्देश आयो।सन्देश प्राप्त गर्ने व्यक्तिलाई आफ्नै नाममा खाता खोल्न र खातामा पैसा जम्मा गर्न भनियो। आफ्नै खातामा पैसा जम्मा गर्न सोच्नुपर्ने कुरै रहेन।प्रक्रिया चल्दै जाँदा ती व्यक्तिले राम्रो कमाइको प्रलोभनमा पैसा जम्मा गरेको भौचर, नागरिकताको प्रतिलिपि, राहदानी र तस्बिर स्क्यान गरेर पठाइदिए।ती सबै विवरणका आधारमा ठगले पैसा जम्मा गर्ने व्यक्तिको नाममा रहेको सिमकार्ड दूरसञ्चार कम्पनीबाट निकाले।मोबाइलत्यसपछि सम्बन्धित ब्याङ्कको एपमा खाता नम्बर हाले र ओटीपी प्राप्त भएसँगै रकम निकाले। उक्त घटनामा प्रहरीले केहीलाई पक्राउ त गर्‍यो तर यस्ता घटनाका पछाडि रहेका मुख्य पात्र भने फेला पर्न सकेनन्।ठगिएका 'धेरै घटना भारतमा आधारित'हालसम्मको प्रहरी अनुसन्धान अनुसार यस्ता ठगी गर्नेहरू प्रायजसो सीमापारी आधारित रहेको पाइएको कोइरालाको भनाइ छ। यस्ता घटनाहरू बारे अनुसन्धान गर्दा एकाध घटना बाहेक प्रायजसो 'अपरेट' गर्ने मान्छे भारतमा बसेर गरेको पाइएको प्रहरी भनाइ छ।प्रहरीका अनुसार यसरी ठगी गर्नेहरूले ह्वाटस्एपजस्ता पत्ता लगाउन गाह्रो हुने माध्यमबाट संवाद गर्ने गर्छन्। काम सकिएपछि ठगी गर्नेहरूले सामाजिक सञ्जाल खाताहरू पनि निष्क्रिय पार्ने गर्छन्।प्रविधिको दुरुपयोग गरेर गरिने यस्ता ठगीका घटनाहरूमा एकै व्यक्तिबाट तुलनात्मक रूपमा ''ठूलो रकम भने असुली हुँदैन''।अपराध अनुसन्धान महाशाखाका अनुसार ५० हजार देखि १५०,००० सम्मको ठगी यस्तो माध्यबाट हुन्छ।तर फरकफरक व्यक्तिहरूलाई निसाना बनाइने हुँदा यस्तो रकम मासिक रूपमा डेढ करोडसम्म उठाइएको हुनसक्ने प्रहरीको अनुमान छ।अनलाइनमार्फत हुने कारोबारको आकार तुलनात्मक रूपमा सानो हुने हुँदा पनि ठगी हुने रकम पनि सानै हुने वित्तीय संस्थाहरूको भनाइ छ।तर खाताभित्र पस्ने आधार प्राप्त गरेपछि दुरुपयोग पटकपटक हुनसक्ने खतरा रहन्छ।वित्तीय संस्थाहरू के भन्छन्?नेपाल ब्याङ्कर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय डिजिटल प्रणालीमा रूपान्तरण हुँदै गर्दा प्रणालीको दुरुपयोग गरी ठगी गर्ने क्रम बढेको बताउँछन्।यसमा खासगरी वित्तीय साक्षरताको अभाव प्रमुख कारक रहेको उनको भनाइ छ।''प्रविधिमा बाठा मनिसहरूले कमजोर ठाउँमा आफ्नो सञ्जाल फैलाइरहेको अवस्था छ,'' उनले भने।यस्ता घटनहरू हुन नदिन वा कम गराउनका लागि आफूहरूले अभियान नै सञ्चालन गर्न लागेको उनी बताउँछन्।सचेतना फैलाइने सन्देशहरू सञ्चारमाध्यमहरूबाट सम्प्रेषण गर्ने आफूहरूले तयारी थालिसकेको र स्थानीय तहसँगको सहकार्यमा अभियान चलाउनुपर्ने उनी बताउँछन्।हाल कतिपय वित्तीय संस्थाहरूले आफ्नो सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई आफ्ना गोप्य विवरणहरू अरूलाई नदिन सचेत गराउँदै आएका छन्।कसरी जोगिने?उपाध्यायका अनुसार ठगीका यस्ता घटनाहरूबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो।प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफू अनुकूल प्रयोग गर्न सक्छन्।''जान्ने व्यक्तिले त आफ्नो मोबाइलबाट समेत ओटीपी प्रयोग गरिदिन सक्छ,'' उनले भने।सचेतनाको अभावमा यस्ता कार्यहरू हुने भए पनि प्रणालीको कमजोरी भन्दा पनि प्रणालीको दुरुपयोग खातावाला व्यक्तिलाई नै प्रयोग गरी अन्तिम रूप दिइने हुँदा वित्तीय संस्थाहरूले त्यसको दायित्व लिँदैनन्।'पैसासँग जोडिएको कारोबार अरूसँग संवाद गर्नुहुँदैन,'' उपाध्यायले भने।ओटीपीबाहेक उपहारको प्रलोभनमा खाता नम्बर, नागरिकता नम्बर, जन्ममिति, राहदानी नम्बर वा सवारी चालक अनुमतिपत्रको नम्बरजस्ता विवरण अरूलाई उपलब्ध गराउन नहुने उनी बताँउछन्। -बिबिसीबाट

६ बचतकर्ताको मृत्यु भयो, तर सिभिल सहकारीबाट पैसा निकाल्न पाएनन्

आज आउला भोलि आउला भनेर कुर्दाकुर्दै उनको पैसा फिर्ता भएन, हाल उनको निधन भैसकेको छ । एक महिना अघि उनको निधन भएको हो ।  उनले सिभिल सहकारीमा ८१ लाख रुपैयाँ राखेका हुन् । ‘दु:ख पर्दा सहयोग होला आफ्नो बचतबाट प्रतिफल प्राप्त होला भनेर जम्मा गरेको रकम पनि आएन’, उनको भनाइ उदृत गर्दै एक आफन्तले भने ।

मुख्यमन्त्री रोजगार कार्यक्रमको पैसा चेक साट्ने बित्तिकै जनप्रतिनिधिकै झोलामा !

कर्णाली – प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई वटा योजनाको रकम विभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेका हुन् ।  प्राप्त जानकारीअनुसार स्वरोजगारका लागि फर्जी नाम दर्ता गराएर, कामै नगरेका विभिन्न व्यक्तिको बैंक खाता मागेर लाखौँ रकम बैंकमा जम्मा गरिएको थियो ...

सम्पत्ति शुद्धीकरणको चिन्ता

वित्तीय गोपनीयताका लागि तेस्रो स्थानमा रहेको स्वीटजरल्यान्डका बैंकहरूमा नेपालीहरूको नाममा ३६ करोड ८ लाख स्वीस फ्र्याङ्क जम्मा भएको त्यहाँको केन्द्रीय बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँका बैंकहरूमा राखिने निक्षेप निकै गोप्य रहने भएकाले कसको नाममा यो रकम जम्मा भएको हो त्यो पत्ता लाग्ने सम्भावना छैन न त त्यो रकम फिर्ता ल्याउन सक्ने सम्भावना नै छ । यसरी बाहिरिएको रकम भ्रष्टाचार वा अन्य अवैधानिक आय आर्जन हुने सम्भावना बढी छ । स्वीटजरल्यान्डमा केही नेपालीहरू जागीरे तथा व्यवसायी बनेको पाइन्छ । त्यस्तै त्यहाँ अध्ययनका लागि जाने विद्यार्थी पनि छन् । त्यस्तै केही नेपाली कम्पनी तथा बैंकहरूले पनि कारोबारका लागि निक्षेप राखेको हुन सक्छ । विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरूले पनि यहाँ रकम राखेका हुन सक्छन् । तर, सीमित संख्याका यी व्यक्ति र संस्थाबाट यति ठूलो रकम जम्मा गरिएको हुन असम्भव छ । नेपालबाट लुकीछिपी पैसा विदेशमा जानुको कारणमध्ये एक नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाउनु पनि हो । स्वीटजरल्यान्डमात्र होइन, अन्य देशहरूमा पनि नेपालबाट पूँजी पलायन भइरहेको छ । केही वर्षअघि पानामा पेपर्स लिक्सले सार्वजनिक गरेको तथ्यले पनि नेपालबाट पूँजीपलायन ठूलो परिमाणमा हुने देखाएको छ । खोज पत्रकारहरूको अन्तरराष्ट्रिय संस्था आईसीआईजेले सन् २०१५ मा स्वीस लिक्समार्फत करछली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरेको रकमसमेत स्वीस बैंकमा जम्मा हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । यसले नेपालीको नाममा स्वीस बैंकमा जम्मा भएको रकम अवैध आर्जन हुन सक्ने तथ्यलाई नै संकेत गर्छ । त्यस्तै मुलुकको अर्थतन्त्रमा ४० प्रतिशतभन्दा बढी अंश अनौपचारिक क्षेत्रले ओगटिरहेको छ । यस्तो अवस्थामा पूँजी पलायन हुन सहज हुन्छ जसले अर्थतन्त्रमा समस्या थपिन सक्छ । १५ वर्ष अघिसम्म त्यहाँका बैंकहरूमा गरिने कारोबार निकै गोप्य हुन्थे । तर, विभिन्न कारणले अहिले केही जानकारी दिन थालिएको छ । एकडेढ दशकमा उसले त्यहाँ जम्मा भएको रकम बिस्तारै सार्वजनिक पनि गर्न सक्छ । त्यस्तै प्रमाणसहित लिएर दाबी गर्न गए पैसा फिर्ता पनि दिन सक्छ । त्यसैले नेपाल ठेगाना भएका संस्थाहरूलाई पारदर्शी बनाउनतिर लाग्नुपर्छ । स्वीटजरल्यान्डको केन्द्रीय बैंकको प्रतिवेदनले नेपालीहरूले त्यहाँका बैंकहरूबाट कर्जा लिएको पनि देखाएको छ । २०२० मा ८२ लाख ६८ हजार स्वीस फ्र्याङ्क नेपालीले कर्जा लिएका छन् । २०१९ मा १ करोड १६ लाख ३३ हजार स्वीस फ्र्याङ्क कर्जा लिएको देखिन्छ । अवैध आर्जन भएको सम्पत्ति अवैध तरीकाबाट विदेशमा जम्मा हुने र विदेशी लगानीका रूपमा वैध बनेर नेपाल भित्रिने सम्भावना पनि छ । नेपालमा अफसोर कम्पनीहरूबाट वैदेशिक लगानीका नाममा रकम भित्र्याएको पाइन्छ । यसरी नेपालमा सम्पत्ति ल्याएर शुद्धीकरण गरी मुनाफा भएको भन्दै फेरि विदेश जान पनि सक्छ । यसरी सम्पत्ति शुद्धीकरणको चक्र नै तयार हुनेतर्फ सरकारको ध्यान जानुपर्छ । नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा काम गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) तथा एशिया प्रशान्त क्षेत्र समूह (एपीजी) जस्ता संस्थाको सदस्य छ । त्यसैले नेपालबाट विदेशी खातामा गएको रकमका बारेमा विकसित देशहरूलाई ध्यान दिन आग्रह गर्न सक्छ । आतंकवादमा पैसा लगानी हुन सक्ने भन्दै विभिन्न सञ्जाल तथा नीति बनाउने देशहरूले नेपालजस्तो गरीब देशको रकम निक्षेपमा स्वीकार्दा आउन सक्ने समस्याबारे नेपालले आवाज उठाउनुपर्छ । पैसा विदेशिएकामा उनीहरूलाई केही भन्नुभन्दा पनि आफ्ना कमजोरीहरूलाई सुधार्न नेपालले ध्यान दिनु बुद्धिमानी हुन्छ । नेपालबाट लुकीछिपी पैसा विदेशमा जानुको कारणमध्ये एक नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाउनु पनि हो । वैध आर्जनको रकम विदेशमा लगानी गर्न दिए त्यसबाट फाइदा पनि लिन सकिन्छ । नेपालीले लगानीको अवसर पाउँछन् भने त्यो अवसर गुमाउन दिनु हुँदैन । यस्तो लगानीमा जति नियन्त्रण गर्न खोज्यो त्यति विकृति हुन सक्छ । त्यसैले बिस्तारै विदेशमा लगानी खोल्दै नेपाली मुद्रालाई आंशिक रूपमा परिवत्र्य बनाउँदै लैजानु उपयुक्त हुन्छ । डलर कार्ड बनाउन दिएजस्तै विदेशमा लगानी गर्न दिन पनि निश्चित मापदण्ड र सीमासहित खुला गर्नु उपयुक्त देखिन्छ । यसले अवैध बाटोबाट हुने पूँजी पलायनलाई केही मात्रामा भए पनि रोक्छ ।

समस्याग्रस्त सहकारी : निक्षेप बुझ्दै पीडित

लुनिभा बचत तथा ऋण सहकारी संस्था र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका पीडितले आइतबारदेखि पैसा फिर्ता पाउने भएका छन्।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार आइतबारदेखि ५० हजार रुपैयाँसम्म निक्षेप जम्मा गरेका ९० जनालाई पैसा फिर्ता गर्न लागिएको छ। दोस्रो चरणमा ज्येष्ठ नागरिक बिरामी २४ जनाको पनि पैसा फिर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको पौडेलले बताए।  ‘समस्या समाधान गर्दै जाने हो’, उनले भने, ‘तेस्रो चरणमा ठूला बचतकर्ताको समस्या समाधान गरिनेछ।’ सम...