रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ । सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा ग