रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जर सहमति

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने भएका छन्। बुधबार मेरियट होटल, नक्साल काठमाडौँमा बसेको सञ्चालक समितिको १०८ औँ बैठकले प्रारम्भिक समझदारी पत्रकोे मस्यौदा स्वीकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान […]

सम्बन्धित सामग्री

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो । एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर भोलि देखि १५ दिन रोक्का हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर  भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो ।  सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भई चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।  मर्जरपश्चात् बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स एकआपसमा गाभिने

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।...

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा इन्स्योरेन्सबीच गाभिने प्रारम्भिक सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ । सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा ग

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

२९ असार, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ । २९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् । काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम […]

बीमा समितिद्वारा २० वटा बीमा कम्पनीलाई कारवाही

बीमा समितिले विभिन्न बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले  लेखापरीक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई जरिवाना गरेको हो  ।समितिका अनुसार  बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले र आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई रू. ५००÷– थप गरी जम्मा रू. १०,५००÷– (दश हजार पाँच सय) का दरले  जरीवाना गर्ने निर्णय भएको हो । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी जानी उल्लङ्घन गरेको देखिएकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको समितिले जनाएको छ ।समितिका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू – नेपाल पुनर्बीमा कं.लि., लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कं.लि., सूर्या लाइफ इन्स्योरेन्स कं.लि., प्राइम लाइफ इन्स्योरेन्स कं.लि., ज्योति लाइफ इन्स्योरेन्स कं.लि., रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि., सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., प्रभु लाइफ इन्स्योरेन्स कं.लि. र महालक्ष्मी लाइफ इन्स्योरेन्स कं.लि. प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।यसैगरी, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कं.लि., नेपाल लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि., आईएमई लाइफ इन्स्योरेन्स कं.लि., युनियन लाइफ इन्स्योरेन्स कं.लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि., रिलायबल नेपाल  लाइफ इन्स्योरेन्स कं.लि., सानिमा लाइफ इन्स्योरेन्स कं.लि., दि ओरिएण्टल इन्स्योरेन्स कं.लि., नेशनल इन्स्योरेन्स कं.लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई विद्यमान कानूनी व्यवस्थाको पुनः दोस्रो पटक उल्लङ्घन गरेकाले दोस्रो पटकका लागि रू. ५००÷– थप गरी प्रत्येक कम्पनीलाई रू. १०,५००÷– (दश हजार पाँचसय) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।