रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौँ– रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो। दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा […]

सम्बन्धित सामग्री

हत्या प्रकरणसँग जोडिएको बीमाको 'डकेट' बीमा समिति पुग्यो, पूर्व सीईओ पनि तानिए

रिलायन्स लाइफ इन्स्योरेन्सले बाँकेका सर्जन विकको बीमा गरिएको र उनको मृत्युपछि २ करोड ५० लाख दाबी भुक्तानी गरिएकोबारेको 'पोलीसी डकेट' बीमा समितिलाई बुझाएको छ । रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले आज सोमबार समितिलाई 'पोलीसी डकेट' बुझाएको हुन् ।'पोलीसी डकेट' मा बीमा गरिएको, दाबी भुक्तानी गरिएको, भौचर, बैंक खाता लगायतका सम्पूर्ण कागजात हुन्छन् । कुनै पनि व्यक्तिको बीमा गर्दा बिमितलाई कम्पनीले बीमालेख दिन्छ भने त्यसबारेको स्मपूर्ण कागजात आफुसंग राख्छ । सम्पूर्ण कागजात राखिएको फाइललाई 'पोलीसी डकेट' भनिन्छ । आज केन्द्रिय अनुसन्धान ब्युरो सीवाईबीको रोहबरमा कम्पनीले बीमा समितिलाई 'पोलीसी डकेट' बुझाएको हो । यस अघि बीमा समितिले रिलायन्स लाइफलाई उक्त बीमालेखसंग सम्बन्धि बीमालेख, प्रस्ताब फारम, आम्दानीको श्रोत, करचुक्ता, स्वास्थ्य सम्बन्धी कागजात, अभिकर्ताको प्रतिवेदन, जोखिमाडकन सम्बन्धी अधिकार प्रत्यायोजन तथा स्वीकृत गर्ने अधिकृतहरूको विवरण, दावी भुक्तानी सम्बन्धी दावी फारम, मृत्युदर्ता तथा नाता प्रमाणित लगायतका विवरण २४ घण्टा भित्र बुझाउन निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले 'पोलीसी डकेट' बुझाएको हो । यस प्रकरणमा रिलायन्स लाइफका पूर्व सीइओ समेत तानिएका छन् । कम्पनीबाट 'पोलीसी डकेट' आएसंगै अब बीमा समितिले यसबारे अनुसन्धान गर्ने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । सीआईबिबाट आएको कागजात सहित अनुसन्धान गरिने र त्यसपछि दोषी पाईए आवश्यक कारवाही हुने उनले बताए।रिलायन्स लाइफमा बीमा गरेका एक व्यक्तिलाई योजना बनाएर, बीमा गराएका एजेन्ट कै संलग्नतामा उनको हत्या गरेर २ करोड ५० लाख दाबी भुक्तानी लिएको खुलासा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गरेको थियो । रिलायन्स लाईफले पेश गरेको दाबी भुक्तानीको विवरण नेपाल पुनर्बीमा कम्पनीलाई शंका लागेपछि पुनर्बीमाले अनुसन्धानको लागि आग्रह गरेको थियो । अनुसन्धानपछि योजना बनाएर बिमितको हत्या गरि दाबी भुक्तानी लिएको खुलेको हो । अहिले बीमा समितिले सोहि बारेको सम्पूर्ण फाइल मगाएर अनुसन्धान थालेको हो ।के हो घटना ?कोहलपुरका बर्ष २१ का सर्जन बि.क. टिप्परमा बालुवा लोड गराउने काम गर्थे। २०७८/१/२ गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारको क्रममा बिकको मृत्यु भयो।मृतकको रिलायन्स लाइफमा २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो । सर्जन बि.क. र सपना मल्लले विवाह गरेका थिए। उनीहरुको विवाह दर्ता २०७७/१२/२ गते भएको थियो। मल्ललाई नै दाबी भुक्तानीको लागि इच्छाइएको थियो।दाबी भुक्तानीको लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८/९/३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गर्यो। अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ । प्रहरीका अनुसार बिकले प्रयोग गरेको बाईक उनको बीमा गरिदिने रिलायन्स लाइफका एजेन्ट सरदार अहमद खाँको थियो । सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहि अनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो । अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको जनाएको छ । विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीलेजनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेका थिए ।त्यस्तै सपना मल्लले २ करोड ५० लाख लिइसकेको पनि खुलेको छ । प्रहरीले मल्ललाई दिल्ली हुदै जापान जाने क्रममा काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो ।एजेन्ट खाँको अर्यालसंग चिनजान भएकोले उनले पनि योजनामा साथ दिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले मल्ललाई विदेश जाने भनेर चिनाईएका एजेन्ट टोप बहादुर राना क्षेत्रीलाई पनि पक्राउ गरेको छ । उनले चलाएको गाडीको ठक्कर बाट नै बिकको मृत्यु भयको थियो । त्यस्तै प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफुले पनि ६० लाख लिएका थिए उनी कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए । यस अघि : अढाई करोड जीवन बीमाको लोभमा आफ्नै कर्मचारीको हत्या, मुख्य योजनाकार सहित ६ पक्राउबीमा गरिएको अढाई करोडको लोभमा बिमितको हत्या, पुनर्बीमालाई शंका लागेपछि खुल्यो पोल

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो । दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीश कुमार अग्रवाल लगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो ।कम्पनी