अमेरिका
अहिले पनि यहाँ
रंगभेदका क्रूर आँखाहरू छन्
जो
जेब्राक्रसमा बाटो काट्नेहरूका
अनुहार घुर्छन्
गोरा देखिए
रोक्छन्
नदेखिए
आफ्ना कार बेपर्वाह हुँइक्याउँछन्
काला अनुहार
एसियन अनुहार
अफ्रिकी अनुहारका लागि
यी आँखाहरू
खतरा छन्
भ्रममा नहुनुस्
गोराइतरका लागि
अमेरिका बदलिएको छैन
सहन सक्नुहुन्छ भने आउनुस्
०००
पर्खाल
जसले दिँदैन प्रकाश
जसले दिँदैन बतास
जसले दिँदैन दृष्टि
जसले रोक्छ पाइला
त्यो पर्खाल
जहाँ लगाइएको होस्
बर्लिनको मानिनेछ
०००
घरको लागि
म
घर छोडेर
विदेश लाग्छु
र बारबार
घरको लागि
स्वदेश फर्कन्छु
०००
एक...