काठमाडौं, २४ जेठ । नेकपा एमालेको नेपाल-खनाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे एकता प्रस्ताव सकारात्मक मनशायले नआएको निष्कर्ष निकालेको छ । आज बसेको उक्त समूहको बैठकले एकता प्रस्तावको नियतमाथि समेत शंका गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको हो । नेपाल-खनाल पक्षका नेता भीम रावलले एकता गर्ने मनशायले प्रस्ताव नआएको बताए । […]