चुनावी मैदानमा रहेका यी अर्थमन्त्री : कसले जिते, कसले हारे ?

यतिखेर सबैको चासो निर्वाचन परिणाममा छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कुल १६५ सिट र प्रदेशसभातर्फ ३३० सिटको चुनावी प्रतिस्पर्धामा को कहाँबाट निर्वाचित हुँदैछ भन्नेमा सबैको चासो छ । पुराना राजनीतिक पार्टीहरुको प्रतिस्पर्धा त छँदैछ, नयाँशक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताले संसदीय समीकरण रोचक बन्ने देखिएको छ । चुनावी मैदानमा वहालवाला अर्थमन्त्रीसहित केही पूर्व अर्थमन्त्री पनि उम्मेदवारका रुपमा प्रतिस्पर्धामा थिए । तीमध्ये केहीले निर्वाचन सहजै जितेका छन् भने

सम्बन्धित सामग्री

चुनावी परिणामले मधेस प्रदेश सरकारका मन्त्रीहरुमा निराशा

धनुषा - मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना  प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ गते भएको चुनावमा मुख्यमन्त्रीसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएको निर्वाचन आयोगले जनाएको छ । ‘प्रदेश सरकारको कामकाजले नागरिक असन्तुष्ट रहेको ...

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भए । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, […]

भीम रावललाई गृहजिल्ला बोलाउँदै झपट बोहरा, ओलीसँग पनि आग्रह

धनगढी : नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डाक्टर भीम रावलको नाम सिफारिस गरेको थियो।तर, उनले टिकट पाएनन्। एमाले पार्टीको केन्द्रले रावलको टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई टिकट थमाएर चुनाव लड्न मैदानमा पठायो।नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले यसअघि चुनाव लड्दै आएको क्षेत्रमा बोहराले मनोनयन दर्ता गरे। उनी अहिले चुनावी मैदानमा होमिएका छन्। उनी माओवादी केन्द्रबाट एमालेमा समाहति भएका नेता हुन्। उनले अहिले अछा

बहालवालासहित पाँच पूर्वअर्थमन्त्री चुनावी प्रतिस्पर्धामा

काठमाडौं । नयाँ सरकार बन्ने चर्चा चलनासाथ प्रधानमन्त्रीसँगै गृहमन्त्री र अर्थमन्त्रीमा कसको पल्ला भारी भन्ने विषयले ठूलो अर्थ राख्ने गरेको छ । बिग्रिएको अर्थतन्त्र लयमा ल्याउनेदेखि लिएर जनतालाई सुशासनको अभ्यास दिने राज्यका यी दुई निकायको नेतृत्व लिने व्यक्ति राजनीतिकसँगै व्यावसायिक पनि हुनुपर्छ भन्ने मान्यता रहेको छ । बहालवालादेखि पाँच पूर्व अर्थमन्त्री यतिबेला चुनावी मैदानमा छन् […]

विकासको बलमा निरन्तर चुनाव जितेका विष्णुलाई यसपटक कति सहज ?

पौडेलले अर्थमन्त्री रहेको बेला सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, खेलकुद लगायतका दर्जनौं आयोजनाका लागि रूपन्देहीमा मात्रै ११ अर्ब बजेट भित्र्याएका थिए । तिनै पौडेल चौथो पटकको जितको लागि चुनावी मैदानमा उत्रिएपछि पार्टीका नेता कार्यकर्तामात्र नभएर अन्य पार्टीमा आस्था राख्ने रूपन्देहीका उद्योगी व्यवसायी पनि खुलेर उनको पक्षमा देखिन थालेका छन् ।

उद्योगी-व्यवसायी राजनीतिक दलको सधै प्रिय, संघ र प्रदेशमा दर्जनौं प्रत्यासी

काठमाडौं । केही वर्षअघिसम्म राजनीतिमा एकाध उद्योग व्यवसायीको चाख देखिने गरेकोमा अहिले मूलधार राजनीतिमै उनीहरुको प्रत्यक्ष हाली मुहाली देखिने गरेको छ । संघीय तथा प्रदेशको चुनाव उद्योगी, व्यवसायी, बैंकर्सदेखि निर्माण व्यवसायी चुनावी मैदानमा छन् । सरकारको नीति तथा कार्यक्रममा घराना व्यवसायीहरुको छायाँ परेको विवाद राष्ट्रिय मुद्दा बन्दै जाँदा अर्थमन्त्री जनार्दन शर्माले पदबाट हात धुनु परेको […]

नाडा चुनावः सबै मत खसे थापालाई सजिलो, चौधरीलाई मोफसलका व्यवसायीको डर

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५ औँ साधारणसभा बुधबार उद्घाटन हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार (मंसिर २२ गते) उद्घाटन गर्ने साधारणसभाको बन्दसत्र २३ गते हुनेछ । बन्दसत्रले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले नाडाको यो साधारणसभाको विशेष महत्व छ ।अध्यक्ष कृष्ण प्रसाद दुलालले सहमतिमै नेतृत्व चयन गरेर जिम्मेवारी हस्तान्तरणको लक्ष्य राखेपनि अध्यक्षका प्रत्याशी करण चौधरी र ध्रुव थापाले प्यानल नै बनाएपछि अध्यक्ष दुलालको चाहना सफल हुने सम्भावना करिब करिब सकिएको छ ।कसको सम्भावना कति ?नाडामा निर्वाचन नै भएको खण्डमा पनि शत् प्रतिशत मत खस्ने सम्भावना छैन । किनकी, यसअघि ९६२ सदस्य रहेको नाडामा अहिले ३१ सय बढी सदस्य छन् । सबै सदस्य मतदान प्रक्रियामा भाग लिन आउँछन् भन्न सकिने अवस्था नरहेको नाडाकै पदाधिकारी बताउँछन् । चौधरी समूह कर्पोरेट हाउसको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको छ भने थापा समूह मोफसलका साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल अटोमोबाइल्स एसोसियसन (वाडा) बाट चौधरीलाई चूनौति दिन मैदानमा आएको छ ।काठमाडौँ र बाहिरका पनि ठूला व्यवसायिक घरानाका डिलर्सहरु सबैले चुनाव भएको अवस्थामा मतदानमा भाग लिने सम्भावना बढी हुन्छ । चौधरीकै कम्पनीका डिलर्सहरु पनि धेरै भएको र उनलाई साथ दिएका कर्पोरेट हाउसहरुका पनि आ–आफ्नै डिलर्स धेरै भएकाले त्यहाँका प्रतिनिधिहरु चौधरीलाई नै मतदान गर्न काठमाडौँ आईसकेको स्रोत बताउँछ ।काठमाडौँ भित्रका सदस्यहरु ७० प्रतिशत बढी चौधरीको समर्थनमा रहेको चौधरीको विपक्षी टिमले पनि स्वीकार गरेको विषय हो । अर्कोतर्फ, काठमाडौँ बाहिरबाट सबै सदस्य नआउँदा चौधरीलाई नै फाइदा पुग्ने सदस्यहरु बताउँछन् । किनकी, ध्रुव थापाको मत काठमाडौँ बाहिर (जहाँ अत्याधिक बाहुल्य सदस्यहरु छन्) बाक्लो छ । काठमाडौँभित्र चौधरीको ७० प्रतिशत मत भएजस्तै काठमाडौँ बाहिर भने थापाको त्यो तहको मत रहेको बताइन्छ । मोफसलका व्यवसायीहरुको ‘सेन्टिमेट’को मत पनि थापाकै भएकाले सबै सदस्य आएर मतदान गर्ने हो भने चौधरीलाई हराएर थापाले जित्ने सम्भावना बढी रहेको स्रोतले दाबी गरेको छ ।ठूला व्यवसायीहरु चौधरीको पक्षमा देखिएपनि साना व्यवसायीको मत निर्णयक हुने भएकाले थापा नै निर्वाचित हुने र पहिलो पटक नाडाले मोफसलबाट नेतृत्व पाउने अपेक्षा थापा समूहमा खुलेका सदस्यहरुको छ । उता चौधरी समूहबाट उम्मेदवार समेत रहेका नाडाका वर्तमान महासचिव सुनिल रिजाल आफूहरुको ‘प्यानल’ नै विजयी हुने दाबी गर्छन् ।कसको मत कति ?करण चौधरी समूहले सुरुमा आफूहरुसँग ७० प्रतिशत मत रहेको र प्रत्याशी समूहले जम्मा ३० प्रतिशत मात्रै मत बोकेर नेतृत्व दाबी गरिरहेको बताएको थियो । तर, अहिले अवस्था फेरिएको छ । चौधरी समूहबाट उम्मेदवार बनेकाहरु नै थापा समूहले ४५ प्रतिशत मत आफ्नो पक्षमा पुर्याएको ‘रिपोर्टिङ’ गर्न थालेका छन् ।‘हामीले ६० प्रतिशत मत ल्याउँछौँ भन्ने थियो, तर चुनावसम्म उहाँहरुको ४५ प्रतिशत पुग्ने देखियो’ चौधरी समूहका एक सदस्य भन्छन्, ‘चुनाव त हामी जित्छौँ नै, तर मतान्तर खासै धेरै हुने देखिएको छैन ।’तर, थापा भने यसमा कुटनीतिक जवाफ दिन्छन् । बिजपाटीले ‘तपाईहरुको पक्षमा कति प्रतिशत मत छ भन्ने अनुमान गर्नुभएको छ ?’ भनेर सोध्दा थापाले आफ्ना प्रत्याशी समूहले यसअघि भनेको कुरा स्मरण गर्छन् ।‘उहाँहरुले सुरुमा ७० प्रतिशत हाम्रो भन्नुहुन्थ्यो, अहिले ५५ प्रतिशत मात्रै छ भन्न थाल्नु भएको छ, चुनावसम्म उहाँहरुले आफ्नो भनेको जति हाम्रो हुन्छ, अहिले हाम्रो ४० देखि ४५ प्रतिशत मात्रै देख्नुभएको छ, त्यो चुनावमा उहाँहरुले आफूले पाउने मत भन्नु भएको हो’ थापा भन्छन् ।अर्कोतर्फ, दुबै समूहले सदस्यहरुलाई फोन गरेर मत माग्न सचिवालय नै बनाएका छन् । थापा आफैँ सदस्यसँग कुराकानी गर्छन् भने चौधरीले आफ्ना कर्मचारीलाई कुरा गर्न लगाएका छन् । यसले पनि चौधरीप्रति साना व्यवसायी खुशी छैनन् ।

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रका रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले संविधानको रक्षा र विकासका लागि आफू जनताको माझ आएको धारणा राख्छन्।