भीम रावललाई गृहजिल्ला बोलाउँदै झपट बोहरा, ओलीसँग पनि आग्रह

धनगढी : नेकपा एमालेको अछाम र सुदूरपश्चिम प्रदेश कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि डाक्टर भीम रावलको नाम सिफारिस गरेको थियो।तर, उनले टिकट पाएनन्। एमाले पार्टीको केन्द्रले रावलको टिकट खासेर सुदूरपश्चिम प्रदेशका पूर्व अर्थमन्त्री झपट बोहरालाई टिकट थमाएर चुनाव लड्न मैदानमा पठायो।नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावलले यसअघि चुनाव लड्दै आएको क्षेत्रमा बोहराले मनोनयन दर्ता गरे। उनी अहिले चुनावी मैदानमा होमिएका छन्। उनी माओवादी केन्द्रबाट एमालेमा समाहति भएका नेता हुन्। उनले अहिले अछा