धनुषा - मधेस सरकारका मन्त्रीहरुका लागि यो चुनावले निराशा ल्याएको छ । प्रदेशका तीन जना प्रमुख मन्त्रीहरु पराजित भएका छन् । मंसिर ४ गते भएको चुनावमा मुख्यमन्त्रीसहित ६ जना चुनावी मैदानमा उत्रिएका थिए जसमध्ये मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधनप्रसाद महतो पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।
‘प्रदेश सरकारको कामकाजले नागरिक असन्तुष्ट रहेको ...