मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित भएका हुन् । मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित भए । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, […]

सम्बन्धित सामग्री

मधेस प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित

मधेश प्रदेश क्रिकेट संघको अध्यक्षमा सुनिल कुमार महासेठ निर्वाचित भएका छन्। बाराको कलैयामा शनिबार भएको दोस्रो अधिवेशनवाट अध्यक्षमा महासेठ १८ मतान्तरले निर्वाचित भएका छन्। अध्यक्षमा निर्वाचित महासेठले ३१ मत पाएका थिए...

मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए। यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन […]

मधेस प्रदेश जनमतको संसदीय दलको नेतामा यादव

जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसम्मत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह र कोषाध्यक्षमा भाग्यश्री कुमारी चौधरी चयन भएकी छन् । जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।

मधेस प्रदेश जनमतको संसदीय दलको नेतामा यादव

जनकपुरधाम– जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित सांसद यादव दलको नेता चयन भएका हुन् । उनलाई पार्टीका नेताले सर्वसम्मत दलको नेतामा चयन गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार दलको सचेतकमा चन्दन कुमार सिंह, सचिव शम्भु साह […]

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा यादव निर्वाचित

मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा कृष्ण यादव भारी मतान्तरले निर्वाचित भएका हुन् । कृष्णले २२ मध्ये १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाए ।पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए । ०७४ मा सर्वसम्मत रुपमा संसदीय दलको नेता बनेका रामसरोज यसपटक कृष्णसँग भारी मतान्तरले पराजित भए ।

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

काठमाडौं, १४ पुष । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । निर्वाचित यादव कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापतिसमेत हुन्। उनले रामसरोज यादवलाई पराजित गरेका हु्न् । निर्वाचित कृष्ण यादवले १८ मत ल्याउँदा उनीसँग पराजित रामसरोजले जम्मा ४ मत ल्याएको कांग्रेस मधेश प्रदेश […]

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् । मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाए । कृष्णदेव संस्थापन पक्षका नेता हुन् । रौतहटका उनी कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुन् । […]

मधेस प्रदेशका कृषि मन्त्रीलाई हराउँदै जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयप्रसाद यादवलाई हराउँदै जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमतका सञ्जयकुमार यादव निर्वाचित भएका हुन्। सञ्जयले कृषिमन्त्री यादवलाई ६४४ मतान्तरले पराजित गरेका हुन्। सञ्जयले १२ हजार १७१ मत ल्याउँदा मन्त्री यादवले ११ हजार ५२७ मत प्राप्त […]

मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित

सप्तरी – मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित हुनुभएको छ । सप्तरी–२ (ख) बाट जनमत पार्टीका यादव १३ हजार ३ सय २५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेशकुमार यादवलाई पराजित गर्नुभयो । उहाँले ७ हजार २३ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा रहेका जनता समाजवादी पार्टी, नेपालका लक्षमण यादवले ५ हजार ६ सय २१ मत प्राप्त गर्नुभएको छ ।