काठमाडौं : नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्धको प्रदर्शनलाई आज पनि जारी राख्यो। सो क्रममा अध्यादेशविरुद्ध अनेरास्ववियुका नेताहरु आज पनि विभिन्न क्याम्पस अगाडि प्रदर्शनमा उत्रिए।
अनेरास्ववियुले आज रत्न राज्यलक्ष्मी क्याम्पस र अमृत साइन्स कलेज अगाडि अध्यादेशको विरोधमा प्रदर्शन गरे। प्रदर्शनको क्रममा विद्यार्थी नेताहरुले अध्यादेशको प्रति जलाए भने…