काठमाडौँ– सशस्त्र द्वन्दका पीडित सुरक्षाकर्मीका परिवारले बुधबार पनि काठमाडौंमा धर्ना दिएका छन् । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन् । उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपुर्तीको माग गर्नुका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन् […]