जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ ।केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो ।कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै भूमिका र जिम्मेवारी