जनकपुर । जनकपुरधाममा एक निजी अस्पतालले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । संघीय सरकार र प्रदेश नम्बर २ को सरकारले उपचार तथा भोककै कारण कसैलाई मर्नु नपर्ने भन्दै विभिन्न निर्णय गरिरहँदा धनुषामा एक गरिब युवाको उपचार अभावकै कारण मृत्यु भएपछि स्थानीय जानकी मेडिकल कलेजले निःशुल्क कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो ।उपचार नपाएर मंगलबार प्रदेश नम्बर २ को धनुषाको बटेश्वर गाउँपालिकामा ४० वर्षीय लोकबहादुर परियारको मृत्यु भएको थियो । प्रदेश नम्बर २ को सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि द्