काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो ।
पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पालिका तहकाे चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिक...