मंसिर ४ को चुनाव सामान्य निर्वाचन होइन, माओवादी बलियो भए परिवर्तनको रक्षा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ प्रचण्डको भनाइ छ । ललितपुरमा प्रेस सेन्टर नेपालको कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।  प्रतिक्रियावादीहरुले माओवा

सम्बन्धित सामग्री

‘प्रचण्ड’को राजनीति : गोरखामा बिताए जवानी, फर्किए युवासँग भिड्न

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्दैछन्। प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन गोरखा–२ बाट लड्ने निर्णय गरेका हुन्।०७४ सालको निर्वाचनमा चितवन–३ बाट विजयी भएका अध्यक्ष प्रचण्डले यसपटक डा. बाबुराम भट्टराईको क्षेत्र (गोरखा–२) रोजेका हुन्। त्यहाँ ०७४ सालको निर्वाचनमा भट्टराई विजयी भएका थिए।पटकपटक निर्वाचन क्षेत्र परिवर्तन गरेको आरोप खेप्दै आएका प्रचण्ड यसपटक पनि स्थिर हुन सकेनन्। ०६४ सालमा रोल्पा र

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेकाले निर्वाचन सामान्य नभएको उनको भनाई छ ।

मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४को चुनाव सामान्य निर्वाचन नभएको भन्दै देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिएर चुनावी ब्याटल गठबन्धनलाई जिताउन जोड दिएका हुन् । […]

निर्माण व्यवसायी कान्छारामले कसरी पाएका थिए टिकट ?

मंसिर ४ गते हुने निर्वाचनमा रामेछापमा माओवादी केन्द्र र नेपाली काँग्रेस रामेछापको प्रतिनिधिसभा कसले लिने भन्नेमा अन्तिमसम्मै छलफलमै रहे । रामेछापबाट श्यामकुमार श्रेष्ठ (कुशल)ले आफूले प्रतिनिधिसभामा पुनः टिकट नपाउने हो भने काँग्रेसलाई छोड्दा हुने भन्दै लविङ गरिरहेकै थिए । कुशल जसरी पनि युवराज चौलागाईलाई रोक्ने मिशनमा थिए भनेर माओवादीकै स्थानीय नेताले स्वीकार गरिसकेका छन् ।यसै शिलशिलामा रामेछापबाट कुशल समूहका केही स्थानीय नेताहरु आएर अध्यक्ष प्रचण्डलाई भेट्न आए । उनीहरुले प्रतिनिधिसभा छोडेर प्रदेशका २ वटै क्षेत्र लिन सुझाव दिए । यसको तारतम्य कुशलले नै असोज दोस्रो हप्ता मिलाएका थिए । रामेछापको प्रतिनिधिसभा माओवादीले छोड्ने, छोड्न प्रचण्डलाई ‘कन्भिन्स’ पनि गराउने तर, यसवापत कान्छारामले प्रचण्डलाई समेत ‘भाग’ पुग्ने गरी केही रकम खर्चिनुपर्ने प्रस्ताव माओवादीबाट प्रतिनिधिसभाका दाबेदार युवराज चौलागाई इतरको समूहबाट काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) समक्ष पुगेको स्रोतले दाबी गरेको छ । तर, कान्छारामले भने संघीयता अगाडी जिल्लामा २ वटा निर्वाचन क्षेत्र हुँदा पनि १ नम्बर क्षेत्रमा काँग्रेस पहिल्यैदेखि बलियो रहेको र तत्कालिन २ नम्बर क्षेत्र माओवादीको पकड क्षेत्रबाट गुमिसकेकाले आफूले माओवादीका नेतालाई पैसा दिएर टिकट लिनुनपर्ने जवाफ पठाएको बताइन्छ ।साथै, कान्छाराम तामाङले आफूले रामेछापमा गरेको समाजसेवा नै आफ्नो जितको लागि पर्याप्त रहेको र सहमतिमा टिकट दिए आफूले एमालेका उम्मेदवारलाई सहजै पराजित गर्ने दलिल पेश गरेका थिए । ‘पैसा माग्नेले उहाँ (कान्छाराम)सँग ५ करोड भन्या थिए, प्रचण्डसम्म पुर्याउनुपर्छ भनेर भनेका थिए भन्ने छ, अब प्रचण्डले नै खटाएका हुन् की, के हो त्यो चाहिँ उनीहरु नै जानुन् । कान्छाराम चाहिँ पैसा दिन्न, तर प्रदेश लिने हो भने २ वटै क्षेत्रमा माओवादीका उम्मेदवार जिताउँछु, रामेछापमा चुनाव जित्न हामीलाई नेकपा समाजवादी चाहिँदैन, उसलाई भाग लगाउनु पनि पर्दैन भन्नेमा अडिक रहनु भयो’ स्रोत बताउँछ, ‘गठबन्धन नै हुँदा पनि माओवादीबाट उम्मेदवार बन्ने भनेको कि कुशल, कि युवराज नै थिए । कुशललाई जहाँ पुग्यो, त्यहीँबाट लखेट्ने अवस्था छ, २ पटक सांसद हुँदा पनि काम नगरकोमा गुम्देलदेखि गौश्वारासम्मका मान्छेलाई रिस छ । युवराजलाई कसैले चिन्दै चिन्दैन । त्यहीँ भएर प्रदेश जसरी पनि जिताउने सर्तमा रामेछापको प्रतिनिधिसभा काँग्रेसलाई छोड्न माओवादीका अध्यक्ष प्रचण्ड तयार भएका हुन् ।’ कान्छारामले ‘क्यास’ दिएको नभई गठबन्धन भएकाले प्रदेशसभा सदस्यका लागि माओवादीबाट उम्मेदवार बनेका तारानारायण श्रेष्ठ (क) र युवराज चौलागाई (ख)लाई चुनाव खर्च भने दिने सहमति भएको दाबी स्रोतको छ । ‘ठ्याक्कै यती भन्ने थाहा छैन, तर कान्छारामले बिगुल (तारानायरण) र युवराजलाई चुनाव खर्च अलिअलि दिनु भएको छ । उहाँले बैमान गर्नु भएको छैन, माओवादीलाई भोट हाले हाल, नहाले नहाल, मलाई चाहिँ रुखमा भोट हाल भन्नु भएको छैन, जहाँ पुग्नुभएको छ, त्यहाँ गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्न भन्नु भएको छ’ स्रोतले भन्यो ।असोज २३ गते उम्मेदवारहरुको मनोनयन दर्ता थियो । टिकट लिन अन्तिम समयसम्म कुर्नु परेकाले उम्मेदवार कान्छाराम अन्तिम समयमा मात्रै मनोनयनका लागि पुगेका थिए ।मनोनयन पश्चात असोज २५ गते कान्छाराम पुनः ५ सिट क्षमताको इक्वेरल हेलिकप्टर लिएर मन्थलीस्थित रामेछाप विमानस्थल ओर्लिए । आजभोली भोट माग्न चुनावी अभियानका क्रममा गाउँ गाउँ पुगेका उनी ‘एमालेलाई भोट नहाले म हेलिकप्टर चढाउँछु, सुर्यमा भोट नहाले गाउँमा कोही बिरामी भए आफैँ हेलिकप्टर लिएर उपचार गराउन लैजान्छु’ भनेर आश्वासन बाँडिरहेका छन् ।‘क’ वर्गका ठेकेदार रहेका कान्छाराम गत निर्वाचनमा पनि प्रतिनिधिसभाकै उम्मेदवार थिए । त्यतिबेला वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ (कुशल)सँग पराजित भएका थिए ।

प्रचण्डले छाडे चितवन, अब गोरखा-२ बाट चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि चितवनबाट उम्मेदवारीको तयारी गरेका प्रचण्डले गोरखाबाट उम्मेदवार हुने शुक्रवारको पदाधिकारी बैठकमा बताएका छन्। माओवादी केन्द्रका एक पदाधिकारीले प्रचण्डले गोरखाबाट उम्मेदवारी दिने बताए। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड…

बाबुरामसहित नेसपाका ६ नेता चुनाव लड्ने तयारीमा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित ६ जना नेताले प्रतिनिधि सभामा दाबी गर्ने तयारी गरेका छन् । बाबुराम नेतृत्वको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरेपछि पार्टीबाट ६ जनाले चुनाव लड्ने इच्छा देखाएका हुन् ।आगामी मंसिर ४ गते हुने चुनावमा एउटै चुनाव चिह्नमा लड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम सहित नेता कार्यकर्ता आज निर्वाचन आयोग जाने भएका छन् । हँसिया हथौडा चुनाव चिन्

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ । संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ता