यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरप्रति आकर्षण उच्च, साढे ३ अर्बभन्दा बढीको शेयर कारोबार

जेठ २२, काठमाडौं । यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी नै देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये तीन दिन कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो ।  पहिलो कारोबार दिन नेशनल हाइड्रोपावर र दोस्रो दिन राधी विद्युत् कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको थियो भने त्यस पछिको तीन ओटा कारोबार दिन नेपाल पुनर्बीमा कम्पनीले सो हिस्सा ओगटेको थियो । यो साताको तीन कारोबार दिन सर्वाधिक कारोबार रकमको हिस्सा ओगटेको नेपाल पुनर्बीमा कम्पनीको पाँच कारोबार दिनमा भने रू. ३ अर्ब ५९ करोड ४३ लाख ९९ हजार बराबरको २१ लाख १३ हजार ३६४ कित्ता शेयर कारोबार भएको छ ।  यो साता कम्पनीको मूल्यमा पनि वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ६२५ रहेको कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन रू. १ हजार ७६५ कायम भएको छ । गत साताभन्दा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३५ ले वृद्धि भएको हो । गत वर्षको जेठ २८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीले गत वर्षको चैत ४ देखि ७ गतेसम्म आईपीओ विक्री गरी चैत २६ गते बाँडफाँट गरेको  थियो । आईपीओपछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब पुगेको छ । पूँजी वृद्धिको अभियानमा कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ ।  कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांश सहित हकप्रद निष्कासन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुँदा शेयरमूल्य बढेको देखिन्छ । यद्यपी यस विषयमा कम्पनीको आधिकारिक सूचना भने सार्वजनिक भएको छैन ।  आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ । 

सम्बन्धित सामग्री

समायोजन पछि नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.७४४ दशमलव ६३ कायम भएको छ  । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन असार ६ गते अर्थात बुधवार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता रू. ७८० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यका आधारमा बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कतिमा हुुँदैछ नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूूल्य समायोजन भएसँगै दोस्रो बजारमा नयाँ मूल्यमा शेयर कारोबारमा आएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले वितरण गर्‍यो नगद लाभांश

फागुन १३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।  कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

एक वर्षमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार

माघ १, काठमाडौं । धितोपत्र दोस्रो बजारमा गत पुस मसान्तदेखि यो पुस मसान्तसम्ममा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर खरीद विक्री भएको छ ।  नेप्सेले दिएको तथ्याङ्क अनुसार यो एक वर्षमा नेपाल पुनर्बीमा कम्पनीको रू. ४९ अर्ब ८ हरोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता शेयर कारोबार भएको हो । यस वर्ष सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य यसबिच न्यूनतम रू. १ हजार १०५ दशमलव १० सम्म झरेको थियो ।  पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २७७ कायम भएको छ । यो बिचमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन समेत भएको छ । नेप्सेले पुस १४ गते बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी प्रतिकित्ता रू. १ हजार १०४ दशमलव ७२ मूल्य तोकेको थियो । पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको पुस २२ गते सम्पन्न छैठौ वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।  कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव पारितमार्जन गरेको हो । यस अघि कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

०.११% ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

असार ३, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव २६ अंकले बढेर २ हजार ९७२ दशमलव ९८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको हो ।   दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको रू. ४ अर्ब ९२ करोड ६० लाख ९० हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको दोस्रो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य सर्वाधिक ७ दशमलव ६९ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ४२० कायम भएको छ ।   यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३५ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९१० मा कारोबार भइरहेको छ । दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, जलविद्युत् वित्त, निर्जीवन बीमा, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।

एचआईडिसिएल सहित आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २७ जेठ । आज ०.६ प्रतिशतले नेप्से घट्दा शेयर कारोबार १६ अर्ब बढीको भएको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा सबैभन्दा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)को कारोबार सर्वाधिक भएको छ । कम्पनीको ५८५ रुपैयाँ प्रतिकित्ता शेयरमुल्य कायम भई ९३ करोड ९२ लाख बढीको आज कारोबार भएको हो । त्यस्तै, नेपाल पुनर्बीमा […]

नेप्सेमा आज यी कम्पनीको कारोबार उच्च

काठमाडौं, २४ जेठ । शेयर बजारमा आज १५ अर्ब ८१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेप्सेको अनुसार कम्पनीको प्रतिकित्ता शेयरमुल्य शेयर मुल्य २६ रुपैयाँले बढेर १९ सय १ रुपैयाँ कायम भई ६२ करोड १७ लाख बढीको रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको […]

नेप्से २७९३.८१ विन्दुमा, ११ अर्बभन्दा बढीको शेयर कारोबार

जेठ ४, काठमाडौं । नेपालको शेयर बजारमा मंगलवार कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।  यसदिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको हो । यसअघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो ।  उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो । यस दिन २१५ ओटा कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको हो । यो दिन नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको हो । उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ । मंगलवारको बजारमा होटल्स तथा पर्यटन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटल्स समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ । विगत लामो समयदेखि घटेको होटल्स समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढ्नुले कम मूल्य भएका शेयरप्रति लगानीकर्ताहरु आकर्षित भएको प्रष्ट देखिन्छ । मंगलवार होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ । यस दिन ओरियण्टल होटल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशतले र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । होटल्स तथा पर्यटन समूहसँगै यो दिन वित्त समूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युतको ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ ।  यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

०.१८% ले बढेको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार (१ बजेको अपडेट)

वैशाख २९, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४ दशमलव ८७ अंकले बढेर २ हजार ६७८ दशमलव १८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १८ प्रतिशतले बढेको हो ।   दोस्रो घण्टाको अवधिमा २१० ओटा कम्पनीको रू. २ अर्ब १९ करोड ६० लाख ७३ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको दोस्रो घण्टामा बोटलर्स नेपाल तराइको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, रु रु जलविद्युत् परियोजना, समता घरेलु लघुवित्त र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५६३ मा कारोबार भइरहेको छ । दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, विकास बैंक, जलविद्युत्, वित्त,  निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।