वैशाख २९, काठमाडौं । बुधवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४ दशमलव ८७ अंकले बढेर २ हजार ६७८ दशमलव १८ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव १८ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २१० ओटा कम्पनीको रू. २ अर्ब १९ करोड ६० लाख ७३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा बोटलर्स नेपाल तराइको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनी, रु रु जलविद्युत् परियोजना, समता घरेलु लघुवित्त र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ४२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ५६३ मा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन, अन्य र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।