काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य रू.७४४ दशमलव ६३ कायम भएको छ
। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन असार ६ गते अर्थात बुधवार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता रू. ७८० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यका आधारमा बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।