दोहनमा दूरबिनडाँडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन् भएको हो । पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतिदान–जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरि शैलीमा ढुङ्गा उत्खनन गरेको स्थानीयवासी सन्तोष बरुवालले बताउनुभयो । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको उहाँले बताउनुभयो । “सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्तायो”, बरुवालले भन्नुभयो ।

सम्बन्धित सामग्री

ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक–टिपर जफत

कास्कीमा ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक, टिपर र ट्र्याक्टर जफत गरिएको छ । कास्कीका विभिन्न स्थानमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी–निकासी...

फेरि राज्य दोहनमा एनसेल

देशको अर्थतन्त्र जर्जर अवस्थामा छ । तर राज्यलाई दोहन गर्ने प्रवृत्ति घट्नेभन्दा पनि बढ्दै गएको छ । विभिन्न बहानामा राज्यलाई दोहन गरिँदै आएको छ । यसको पछिल्लो उदाहरण दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स अवधि थप गरिएको नीतिगत चलखेल हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली […]

चुरे दोहनमा लोभी आँखा

मैले चिनेको पहिलो पहाड चुरे हो । हाम्रो घर चितवन गीतानगरको दक्षिणमा चुरे पर्वत छ, जुन छिचोलेर माडी पुगिन्छ । माडीको दक्षिणमा सोम्मेश्वर पहाड छ । हामी सानोमा ‘को चढ्न सक्छ चुरे, सक्दैन भारेभुरे’ भन्दै भाइबहिनीलाई जिस्क्याउँदै दौडिन्थ्यौं । २०४० सालतिर एक दिन बारा जिल्लाको सदरमुकाम कलैयाबाट बोधवनमा धान बाली लगाउन जाँदैगर्दा बाटोमा सिमसिम पानी […] The post चुरे दोहनमा लोभी आँखा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालीगण्डकी दोहनविरुद्ध रचनात्मक विरोध गर्दै युवा

शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रुपमा परिचित कालिगण्डकी पछिल्लो समय चरम दोहनमा परेको छ। दर्ता भएर सञ्चालनमा आएका क्रसर उद्योग नै पनि मापदण्ड विपरित मनपरी ढंगले गिटी बालुवा निकाली रहेका...

गण्डकी नदी दोहनमा प्रयोग भएका ३२ गाडीलाई कारबाही

पर्वत : अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको जानकारी दिए। ती गाडीलाई पाँच लाख दुई हजार ५०० रुपैयाँ जरिवाना गराइएको उनले बताए।कुश्मा नगरपालिकामा पर्ने कालीगण्डकी नदीको किनारमा अव

नदीजन्य पदार्थ दोहनमा प्रयोग भएका साधन कारबाही

जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालिगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका […]

रुपन्देहीबाट ढुंगा-गिट्टीका थप दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा

रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ।

चुरे दोहनमा वर्तमान र पूर्व सरकारहरू जिम्मेवार : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले चुरे दोहनमा वर्तमान र पूर्व सरकारहरू जिम्मेवार रहेको बताएका छन्‌।भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘ङातापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तक र प्राविधिक प्रतिवेदन अनलाइनमार्फत शनिबार सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले चुरे दोहनमा विदेशी स्वार्थसमेत रहेको बताए।उनले चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत भएकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृति

सम्भावना दोहनमा चुकेको निर्यात

चालू आर्थिक वर्षका १० महीनामा नेपालले रू. १२ खर्ब ५४ अर्बको वस्तु आयात गरेको छ भने रू. १ खर्ब ८ करोडको सामान निर्यात गरेको छ । मुलुकको व्यापारघाटा कम गर्न सरकारले विभिन्न योजना ल्याए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । अब निर्यात रणनीति बनाउँदा आईटी उद्योग, औषधि, सिमेन्टजस्ता नयाँ खालका निर्यातमा पनि जोड दिनुपर्छ । साथै, प्रविधि र ज्ञान भित्र्याउने पनि नीति लिइनुपर्छ । चालू आवको १० महीनाको निर्यात रकम हालसम्मकै सर्वाधिक हो । यस हिसाबले यसलाई सकारात्मक मान्नुपर्ने भए पनि बढ्दो व्यापारको आकार र वस्तुको मूल्य तथा विदेशी विनिमय दरको सापेक्षतामा निर्यात वृद्धि भएको भनेर खुशी हुने अवस्था भने देखिँदैन । २०६४ सालमा जारी गरिएको अन्तरिम योजनाले निर्यात १ खर्ब पुर्‍याउने भनी लिएको लक्ष्य बल्ल पूरा भएको छ । तर, यस अवधिमा नेपाली मुद्राको अवमूल्यन ६० प्रतिशतभन्दा बढी भएको छ । १० वर्षअघि प्रतिअमेरिकी डलरको मूल्य ७२ रुपैयामा ७५ पैसा थियो जुन अहिले १ सय १७ रुपैयाको हाराहारीमा छ । त्यसैले अर्थविद्हरू चालू आवको १० महीनाको निर्यात रकमप्रति खासै हौसिएका देखिँदैनन् । निर्यात मूल्य बढेको देखिए पनि नेपालबाट निर्यात हुने वस्तु र निर्यात गन्तव्य दुवै यस अवधिमा घटेको देखिन्छ । मूल्य अभिवृद्धि नभई कच्चा पदार्थ वा अप्रशोधित वस्तुका रूपमा कृषि उपज र जडीबुटीहरू निर्यात हुनु नेपालको निर्यातको कमजोरी हो । उदाहरणका लागि अदुवा सुकाउने उपयुक्त प्रविधि भित्र्याउन नसक्दा भारतीय व्यापारीले तोकेको मूल्यमा यो बेच्नुपरेको छ । त्यस्तै अवस्था चियाको पनि छ । जर्मनीमा नेपाली चिया १५ सय केजीमा विक्री भइरहेको छ । तर, त्यही चिया भारतीय व्यापारीलाई प्रतिकेजी रू. ३ सय जतिमा नै विक्री गर्नुपरेको छ । भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ वा सिक्किम चियाको नाम दिएर मह“गोमा निर्यात गरिरहेका छन् । नेपालबाट निर्यात हुने जडीबुटी विनाप्रशोधन निर्यात गर्दा मूल्य अभिवृद्धि हुन त सकेको छैन नै, विभिन्न गैरभन्सार अवरोधसमेत बेहोर्नुपरेको छ । यदि तयारी वस्तुका रूपमा तिनलाई निर्यात गर्न सकेको भए यी समस्या बेहोर्नु पर्दैनथ्यो । यस्ता वस्तु प्रशोधन गर्दा मूल्य अभिवृद्धि त हुन्छ नै यसले थप रोजगारी पनि सृजना गर्छ । तर, यसका लागि दक्ष जनशक्ति र प्रविधिको आवश्यकता पर्छ । वैदेशिक लगानीप्रति धेरैमा नकारात्मक सोच भएका कारण यो भिœयाउन सकिएको छैन जसले नया“ प्रविधि र शीप हस्तान्तरण हुन सकेको छैन । निर्यात वृद्धिका लागि सरकारले निर्यातयोग्य वस्तुको सूची बनाई रणनीति तय गरेको छ । २०१६ मा तय गरिएको यो रणनीति यसै वर्ष समाप्त हुँदै छ । अब बन्ने रणनीतिमा विगतको रणनीतिको विफलताको सूक्ष्म अध्ययन गरी व्यावहारिक समाधान खोजिनु उपयुक्त हुन्छ । सरकारले निर्यायोग्य वस्तु भनी सूचीकृत गरेकै वस्तुको पनि निर्यात घटिरहेको छ । त्यस्तै विभिन्न राष्ट्रले शून्यभन्सार र कोटा सुविधाहरू दिए पनि त्यसको उपयोग हुन सकेको छैन । अमेरिकाले ६६ ओटा वस्तुमा दिएको छूट उपयोग हुन नसक्नु यसको उदाहरण हो । विश्व बैंकले हालै जारी गरेको नेपाल अपडेटका अनुसार नेपालको निर्यात क्षमता १२ गुणासम्म बढाउन सकिन्छ । यसबाट थप २० लाखभन्दा बढी रोजगारी सृजना गर्न सकिन्छ । तर, वास्तविकता भने नेपालको निर्यात औसतमात्रै रहँदै आएको छ । सन् २००० देखि हालसम्मको निर्यात वृद्धि औसतमा प्रतिवर्ष ४ प्रतिशत मात्रै भएको पाइन्छ । नेपालले परम्परागत निर्यात वस्तुहरू कार्पेट, गार्मेन्ट आदिमा केन्द्रित गरे पनि बंगालदेशले जस्तो फड्को मार्न सकेको छैन । निर्यात वृद्धिका लागि खोलिएको विशेष औद्योगिक क्षेत्रमा पनि विद्युत् तथा एकद्वार प्रणाली अभावजस्ता कारणले उद्यमीहरू गइरहेका छैनन् । अब निर्यात रणनीति बनाउँदा आईटी उद्योग, औषधि, सिमेन्टजस्ता नयाँ खालका निर्यातमा पनि जोड दिनुपर्छ । साथै, प्रविधि र ज्ञान भित्र्याउने पनि नीति लिइनुपर्छ । अन्यथा सानातिना अनुदान र प्रोत्साहनका कामले मात्रै निर्यात सम्भावनाको दोहन गर्न सक्ने देखिँदैन ।

जनप्रतिनिधि र नेता नै नदी दोहनमा सक्रिय

सिन्धुपाल्चोक । जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको ...