नदीजन्य पदार्थ दोहनमा प्रयोग भएका साधन कारबाही

जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालिगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका […]