ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक–टिपर जफत

कास्कीमा ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक, टिपर र ट्र्याक्टर जफत गरिएको छ । कास्कीका विभिन्न स्थानमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी–निकासी...

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी – नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । […]

दोहनमा दूरबिनडाँडा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन् भएको हो । पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतिदान–जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरि शैलीमा ढुङ्गा उत्खनन गरेको स्थानीयवासी सन्तोष बरुवालले बताउनुभयो । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको उहाँले बताउनुभयो । “सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्तायो”, बरुवालले भन्नुभयो ।

गण्डकी नदी दोहनमा प्रयोग भएका ३२ गाडीलाई कारबाही

पर्वत : अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको जानकारी दिए। ती गाडीलाई पाँच लाख दुई हजार ५०० रुपैयाँ जरिवाना गराइएको उनले बताए।कुश्मा नगरपालिकामा पर्ने कालीगण्डकी नदीको किनारमा अव

नदीजन्य पदार्थ दोहनमा प्रयोग भएका साधन कारबाही

जिल्लाको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालिगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका […]

अवैध उत्खननमा संलग्नलाई जरिवाना, बालुवा लिलामी गरिने

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनी खोलालगायत स्थानमा कालीगण्डकी नदीमा मेसिन प्रयोग गरेर अवैध दोहनमा संलग्‍नलाई जरिवाना तिराउने निर्णय भएको छ।यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खननका लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका थिए।नदी किनारमा अवैध तवरले बालुवा उत्खनन भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी गणेशबहादुर अधिकारीको ने

नदी दोहनमा प्रयोग भएका डोजर र ट्र्याक्टर नियन्त्रणमा

म्याग्दी । कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महŒव भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

तिनाउ दोहनमा प्रयोग भएका टिपर र ट्याक्टर नियन्त्रणमा

रुपन्देही प्रहरीले गैरकानुनी रुपमा नदीजन्य उत्खननमाथि कारबाही बढाएको छ।

नदी दोहनमा एलडिओकै मिलेमतो

महोत्तरीमा स्थानीय विकास अधिकारीकै मिलेमतोमा नदी दोहन भएको रहस्य खुलेको छ । जिल्ला समन्वय समिति (जिसस)को नाममा नक्कली रसिद प्रयोग गरेर नदी दोहन गरिरहेको प्रमाणसहित दुई जना पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

नदी दोहनमा प्रयोग गरिएका टिपर र ट्रयाक्टर नियन्त्रणमा

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank