चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताइएको थियो । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको थियो ।चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यसलाई अनुचित व्यवहार बताउँदै यसो गर्दा क्षेत्र खतरामा पर्ने बताएको छ ।चीनले ताइवानलाई आफ्नो विद्रोह