कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले वृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशकयताकै सबैभन्दा वृहत् हो ।
संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने याे अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका र १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेका फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अस्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत द...